
सिन्धुपाल्चाेक । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आफ्नो संगठनको ब्यानर टाँगेर सिन्धुपाल्चोकको मेलम्चीमा बाढी पीडितहरुलाई राहत वितरण थालेपछि झडप भएको छ ।
पीडितहरुमाथि राजनीति गर्न खोजेको भन्दै स्थानीयले ब्यानर हटाउन खोजेपछि झडप भएको हो । झडपकका क्रममा स्थानीयले अनेरास्ववियुको ब्यानर समेत च्यातिदिएका छन् ।
एकद्वार प्रणालीविपरित ओली निकट अनेरास्ववियुले राहत वितरण गरेको भन्दै नेपाल पक्षको विरोध
मेलम्चीको इन्द्रेश्वरी माविमा बसिरहेका बाढी प्रभावितहरूका लागि खाद्यान्न लगायतका राहत सामग्री वितरणका क्रममा विवाद उत्पन्न भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो
अनेरास्ववियुको ब्यानर देखेपछि स्थानीयले यो राजनीति गर्ने ठाउँ हैन भन्दै विरोध गरेपछि अनेरास्ववियूका कार्यकर्ता र स्थानीयबीच धकेला धकेल भएको थियो ।






























