३ असार, काठमाडौं ।
पछिल्लो २४ घण्टामा कोरोनाका २६०७ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ७,७११ पिसीआर र ४७७३ ऐन्टिजेन गरी १२ हजार ४८४ नमुना परीक्षणमा २६०७ जना संक्रमित थपिएका हुन् ।
आज भक्तपुरमा ३६, ललितपुरमा १२१ र काठमाडौंमा ४१३ गरी उपत्यकामा आज ५७० जनामा संक्रमण पुष्टि भएको छ ।
आज थपिएका २६०७ जनासँगै नेपालमा ख्या पिसीआर प्रविधिबाट गरिएको परीक्षणमा हालसम्म संक्रमित हुनेको सख्या ६ लाख १५ हजार ९८४ पुगेको छ भने ऐन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४,०५६ जना संक्रमति भएका छन् । दुवै विधिबाट परीक्षण गर्दा कूल संक्रमितको संख्या ६ लाख ४० हजार ४० पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी २१४१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २१४१ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख ४५ हजार ६६२ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ८८.६ प्रतिशत रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ३९ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ८,५९७ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।
मन्त्रालयका अनुसार हाल नेपालमा हाल ६१ हजार ७२५ जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ५७ हजार ५३१ जना र संस्थागत आइसोलेशनमा ४१९४ जना रहेका छन् ।
त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ९१६ र भेन्टिलेटरमा २४९ जनाको उपचार भइरहेको छ । बुधबारको तुलनामा बिहीबार आइसीयु र भेन्टिलेटरमा रहनेको संख्या कम भएको छ

प्रतिक्रिया

सम्बन्धित खवर