वैज्ञानिक समाजवादको स्थापना गर्ने काल्पनिक दृष्टिकोणका सन्दर्भमा

वैज्ञानिक समाजवादको स्थापना गर्ने काल्पनिक दृष्टिकोणका सन्दर्भमा

काल्पनिक समाजवाद पूर्व माक्र्सवादी समाजवादको एउटा प्रमुख धारा हो । यो धारा १९सौ शताब्दीको पहिलो आधामा उत्पति र विशिष्ट भएको हो । काल्पनिकहरू भन्ने शब्द (कल्पनाको विचारबाट ल्याइएको थियो जसको अर्थ चीजहरूको अवस्थाको अनुमान थियो, जहाँ प्रत्येक चीज पूर्ण हुन्छ) र ‘समाजवाद’ पहिलो पटक सन १८३०को दशकमा लोकपृय बन्यो ।
काल्पनिक समाजवादीहरु भन्ने शब्द विचारकहरूको एउटा समूहवारे वर्णन गर्न प्रयोग गरिएको हो, जसले मानव स्वभावमा पाइने व्यक्तिवाद, स्वार्थीपन र प्रतिष्पर्धात्मकलाई हटाएर एउटा बढता समानतावादी आधारमा समाज रूपान्तरण गर्ने सिद्धान्त विकास गरेका थिए । ती चिन्तकहरू धेरै अथवा तिनीहरूका अनुयायीहरूले आदर्श समुदायहरू जहाँ सबै सदस्यहरूले सहकारीको आधारमा काम गर्दथे, वस्दथे र उनीहरूको कामको फलहरू आपसमा बाँडफाँड गर्दथे । तिनीहरूले यो विश्वास गर्दथे कि यस्ता आदर्श समुदायहरूले काम र व्यवहारव्दारा उदाहरण प्रस्तुत गर्ने छन् ताकि समाजमा बाँकीले अनि त्यसलाई अनुसरण गर्ने छन् । तिनीहरूले यसरी समाजवादको आफ्नो योजना निर्माण गर्नका लागि समाजमा वास्तविक प्रक्रियाहरूमाथि भर परेनन् । यसको अलवा तिनीहरूले सोंचेकी तिनीहरूका योजनाहरू र विचारहरूको वैज्ञानिक व्याख्या आफैमा जनतालाई बुझाउन र समाज परिवर्तन गर्न प्रयाप्त थियो ।
काल्पनिक समाजवाद पुँजीवाद अन्तरगत मजदुर वर्गको उत्पीडन र शोषणको पहिलो सर्वोत्तम प्रतिक्रिया थियो । गरिखाने जनताले सामन्तवादलाई फयाक्नका लागि ज्यादै कठिन लडाई लडेका थिए । तै पनि पुँजीपतिहरूको स्वतन्त्रता, समानता र भाईचाराका नाराहरूको अर्थ स्वतन्त्रता केबल पुँजीपति वर्गका लागि थियो र गरिखानेहरूमाथिको शोषणलाई अझ घनिभूत गराउनु थियो । विभिन्न समाजवादी मान्यताहरू पुँजीपतिहरू र मजदुरहरूबीच उत्पन्न भईरहेको अन्तरविरोधहरूको परिणाम शोषण विरूद्धको एउटा विद्रोहका रूपमा उत्पन्न भएका थिए । तिनीहरूले यस्तो प्रणाली निर्माणका लागि प्रयास गरे जसले शोषितहरूलाई न्याय दिलाउन सक्दथ्यो ।
यस्तो नयाँ समाजवादी सिद्धान्तहरूका लागि पुँजीवादी उत्पादनको अराजकता अर्को एउटा कारण थियो । काल्पनिक समाजवादीहरूले वुद्धिसंगत प्रणाली निर्माण गर्ने प्रयास गरे जसले सद्व्यवहार र सौहाद्रपूर्ण तरिकाले मानवजातीका आवश्यकताहरूलाई पुरा गर्न सक्दथे । तिनीहरूमध्ये केहीले त पुँजीपतिहरू र सरकारी अधिकारीहरूलाई सम्झाउन कोशिस पनि गरे कि उनीहरूको समाजवादी प्रणालीहरू जहाँ ज्यादा बुद्धिसंगत, योजनावद्ध र त्यसकारणले भइरहेका पुँजीवादी प्रणालीभन्दा अनुकुल थियो । तिनीहरूले उनीहरूको परियोजनाहरूलाई धनीहरूबाट पैसा लिन यसरी पनि कोशिस गरे ।
पूर्व माक्र्सवादी समाजवादी, जसलाई काल्पनिक समाजवादी भनिन्छ, उनीहरुको मान्यताहरूको प्रमुख खरावी यो थियो कि तिनीहरूसँग समाजमा बाहिर नआएका वर्ग अन्तरविरोधहरू र वर्ग सङ्घर्षहरूमा वास्तविक रूपले आधारित थिएन् । यद्धपि तिनीहरूका विचारहरू समाजभित्रका वर्गसङघर्षहरूका आफैमा उत्पादन थिए । काल्पनिक समाजवादीहरूले त्यसलाई महशुस गरेनन् कि समाजवाद प्राप्त गर्नका लागि वर्गसङघर्ष पूर्णत आवश्यक थियो । ता पनि उनीहरूका विचारहरू सही मानेमा वालक सर्वहाराको उत्कट चाहनाहरूको एउटा परावर्तन थियो, काल्पनिक समाजवादीहरूले समाजवाद ल्याउनमा सर्वहाराको क्रान्तिकारी भूमिकाको केन्द्रीय महत्व स्विकार गरेनन् ।
जव माक्र्स र एङ्गेल्स समाजवादी कम्युनिष्ट समूहहरूसँग सम्पर्कमा आए, तिनीहरूले काल्पनिक समाजवादका अनुयायीहरूलाई उनीहरूका विचारहरूको असान्दर्भीकताका वारेमा सम्झाउने कोशिस सुरू गरे । तिनीहरूले विभिन्न क्रान्तिकारी र मजदुर वर्ग समूहहरूमा चल्ने बहस, छलफलमा निरन्तर गहन रूपले भाग लिए जहाँ ती सिद्धान्तहरू र विचारहरू बहस छलफल गरिने गरिन्थ्यो । तिनीहरूको प्रमुख लक्ष्य समाजवादी सिद्धान्तलाई वैज्ञानिक आधार दिनु थियो । यसका लागि उनीहरूले पहिलेका समाजवादीहरूका खरावीहरू र गलत सोंचाइहरूलाई भण्डाफोर गर्नु खुलस्त पार्नु थियो र समाजवादलाई वर्गसङ्घर्षको माक्र्सवादी सिद्धान्तको ठोस आधारमा स्थापित गर्नु थियो ।
किनभने माक्र्सले आफैले वर्गसङ्घर्षको सिद्धान्त उनीद्धारा कुनै नयाँ चीज पत्ता लगाइएको थिएन् भनेर बताइसकेका थिए । वास्तवमा पहिलेका समाजवादीहरू र पुँजीवादी लेखकहरू समेत यसवारे धेरै सचेत थिए र वर्गसङ्घर्ष र वर्गहरूवारे उनीहरूले निकै लेखेका थिए । ता पनि वर्गसङ्घर्षको माक्र्सवादी सिद्धान्तको अत्यावश्यक फरक यो हो कि यसले (वर्गसङघर्षले) समाजवाद र साम्यवादतर्फ अनिवार्यत लैजान्छ ।
माक्र्सले देखाएकी प्रथम वर्गहरू यस्ता चीज होइनन् जो मानव समाजमा सधैभरी अस्तित्वमा छन् । उनले देखाएकी मानव इतिहासमा एउटा लामो अवधि थियो जब त्यहाँ कुनै पनि वर्गहरू थिएनन् (आदिम साम्यवादको अवधिमा) भविश्यमा पनि एउटा अवधि हुनेछ जब त्यहाँ फेरी वर्गहरू हुने छैनन् । दोस्रो माक्र्सले खासगरी वर्तमानको सर्वहारा र पुँजीपतिबीचको सङघर्षको विश्लेषण गरे र देखाए कसरी यो वर्गसङ्घर्षले मजदुरद्धारा क्रान्तितर्फ अनिवार्यरूपले लैजाने छ र सर्वहारा वर्गको अधिनायकत्व, त्यो भनेको समाजवादको स्थापना गर्ने छ । तेस्रो, माक्र्सले देखाएकि यो सर्वहारा वर्गको अधिनायकत्व आफैमा संक्रमणको एउटा अवधि थियो । सर्वहाराले एउटा वर्गका रूपमा आफैलाई र सवै वर्गहरूलाई ध्वस्त पारेर एउटा वर्ग विहिन समाज जसलाई साम्यवाद भनिन्छ, को स्थापना गर्दै विकास गर्न सक्ने छ ।
वर्गसङघर्षको यो सिद्धान्त हो जसलाई माक्र्स र एङ्गेल्सले विकास गरे, प्रचारप्रसार गरे र आफ्नो जीवनभर व्यवहारमा लागु गरे । वर्गसङघर्षको यो नै माक्र्सवादी सिद्धान्त हो जसले समाजवादलाई विज्ञानमा बदलि दियो, जसले वैज्ञानिक समाजवादको आधार बसाल्यो । यसले गर्दा समाजवाद लामो समयसम्म केही चलाख दिमागको उपजको रूपमा हेरिएन् बरू यो सर्वहारा र पुँजीपति –यी दुई ऐतिहासिक रूपले विकसित वर्गहरूबीच सङघर्षको अत्यावश्यक उपलब्धी भयो । वैज्ञानिक समाजवादको कारणले समाजवादीहरूको कर्तब्य काल्पनिक समाजवादीहरूले जे गर्न कोशिस गरेका थिए त्यस्तै समाजको एक दमै पूर्ण, हार्मेनियस र तर्कसंगत प्रणालीको विकास गर्नका लागि कोशिस सिवाय केही थिएन् । वैज्ञानीक समाजवाद अन्तरगत समाजको विश्लेषण गर्नु, इतिहासको र समाजका वर्ग अन्तर विरोधहरूको विश्लेषण गर्नु थियो र यो आर्थिक आधारबाट सबै वर्गीय विवादको अन्त्य गर्ने मार्ग पत्ता लगाउनु थियो र समाजवाद र साम्यवाद ल्याउनु थियो ।
माक्र्सवादी समाजवादी सिद्धान्तको वैज्ञानिक स्पष्टता यति महान् थियो कि सन १८४०को दशकका विभिन्न समाजवादी र कम्युनिष्ट संगठनहमा बहुसंख्यक इमान्दार तत्वहरूले तुरून्तै पूर्व माक्र्सवादी समाजवादको वर्गहिन विभिन्नताहरूलाई इन्कार गर्‍यो । माक्र्स र ऐङ्गेल्स छिट्टै समाजवादी आन्दोलनभित्रका वैज्ञानिक नेताहरू बने । जव सन १८४७मा विभिन्न देशहरूका मजदुरहरू, बुद्धिजीवीहरू र क्रान्तिकारी समाजवादी समूहहरूलाई एकत्रित गर्दै एउटा नयाँ अन्तराष्ट्रिय संगठनको गठनमार्फत उनीहरू तुरून्तै यसका नेताहरू भए । तिनीहरूले यसको नाम ‘द कम्युनिष्ट लिग’भनेर सुझाव गरे र उनीहरूले नै यसको कार्यक्रम ड्राफ्ट गर्नका लागि उनीहरूलाई नै नियुक्त गर्‍यो । यो कार्यक्रम विश्व ऐतिहासिक कम्युनिष्ट घोषणापत्र हो । ।
कम्युनिष्ट घोषणापत्र अन्तराष्ट्रिय सर्वहाराको पहिलो कायक्रम र सामान्य लाइनमात्रै थिएन् , यसले वैज्ञानिक समाजवादको आधारभूत सिद्धान्तहरू र समाजवादका सबै अन्य प्रकारका पद्धति स्थापित गर्‍यो । यसको विभिन्न भाषाहरूमा छिटो अनुवादसंगै घोषणापत्रले तुरून्तै युरोपभर र अनि विश्वभर माक्र्सवादी वैज्ञानिक समाजवादका आधारभूत विचारहरूलाई फैलायो । यो दस्तावेजमा उल्लेख गरिएका सिद्धान्तहरू करीव १७५ वर्षभन्दा बढी आजका दिनसम्मका लागि सान्दर्भिक रहेका छन् ।
वैज्ञानिक समाजवादको स्थापनाका सन्दर्भमा माक्र्स र एङ्गेल्सले निकालेका केही महत्वपूर्ण निचोडहरु वर्तमान अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलनका लागि पनि महत्वपूर्ण र सान्दर्भिक छन् : र्
१. वैज्ञानिक समाजवादको स्थापनाका लागि समाजमा बाहिर नआएका वर्ग अन्तरविरोधहरू र वर्ग सङ्घर्षहरूमा वास्तविक रूपले आधारित हुनु आवश्यक छ ।
२. वैज्ञानिक समाजवादलाई वर्गसङ्घर्षको माक्र्सवादी सिद्धान्तको ठोस आधारमा स्थापित गर्नु पर्छ । वर्गसङ्घर्षको माक्र्सवादी सिद्धान्तको अत्यावश्यक फरक यो हो कि यसले (वर्गसङघर्षले) क्रान्तिलाई समाजवाद र साम्यवादतर्फ अनिवार्यत लैजान्छ ।
३. माक्र्सले खासगरी वर्तमानको सर्वहारा र पुँजीपतिबीचको सङघर्षको विश्लेषण गरे र देखाए कि कसरी यो वर्गसङ्घर्षले मजदुरद्धारा क्रान्तितर्फ अनिवार्यरूपले लैजाने छ र सर्वहारा वर्गको अधिनायकत्व, त्यो भनेको समाजवादको स्थापना गर्ने छ । यसरी वैज्ञानिक समाजवाद स्थापनासँग सर्वहारा वर्गको अधिनायकत्व अलग्याउन मिल्दैन, सकिदैन ।
४. माक्र्सले देखाएकि यो सर्वहारा वर्गको अधिनायकत्व आफैमा संक्रमणको एउटा अवधि होे । सर्वहाराले एउटा वर्गका रूपमा आफैलाई र सवै वर्गहरूलाई ध्वस्त पारेर एउटा वर्ग विहिन समाज जसलाई साम्यवाद भनिन्छ, को स्थापना गर्दै विकास गर्न सक्ने छ ।
५. वर्गसङघर्षको यो नै माक्र्सवादी सिद्धान्त हो जसले समाजवादलाई विज्ञानमा बदलि दियो, जसले वैज्ञानिक समाजवादको आधार बसाल्यो । यसले गर्दा समाजवाद लामो समयसम्म केही चलाख दिमागको उपजको रूपमा हेरिएन् बरू यो सर्वहारा र पुँजीपति –यी दुई ऐतिहासिक रूपले विकसित वर्गहरूबीच सङघर्षको अत्यावश्यक उपलब्धी भयो ।
माथि उल्लेखित बैज्ञानिक समाजवादको स्थापनाका केही आधाभूत मान्यताहरुका आधारमा माक्र्सले भनेझै समाजवाद लामो समयसम्म केही चलाख दिमागको उपजको रूपमा हेरिएन बरू यो सर्वहारा र पुँजीपति –यी दुई ऐतिहासिक रूपले विकसित वर्गहरूबीच सङघर्षको अत्यावश्यक उपलब्धी बन्यो ।
तर अहिले केही समयदेखि बैज्ञानिक समाजवादको स्थापनालाई केही चलाख दिमागको उपज बनाउने प्रयासको रूपमा नेपाली कम्युनिस्ट आन्दोलनमा एउटा नयाँ प्रयोग गर्ने प्रयास गरिदै छ–‘बैज्ञानिक समाजवाद र संसदीय व्यवस्थाको बीचमा जनमत संग्रह’ । र यसको महत्वलाई लिएर सामाजिक सञ्जालहरुमा –‘सबै व्यवस्था असफल भएको हेरयौ पटकपटक, वैज्ञानिक समाजवाद पनि हेर्ने आँट गरौन एकपटक’ भनेर पोष्टहरु भरिदै छन् । यसैलाई सही विचार भनेर उच्चतम लोकतन्त्रको अभ्यासमा नेपालका सबै राजनीतिक दलहरुको सहभागितामा जोड दिइएको पाइन्छ ।

माक्र्सले अधिनायकत्व भनेको के हो र किन चाहिन्छ भन्नेबारे प्रष्ट पार्दै “वर्ग विभेदहरुको आम रुपमा उन्मूलन गर्न , वर्ग विभेदहरु जुन उत्पादन सम्वन्धमा आधारित छन् ती सवै उत्पादन सम्वन्धको उन्मूलन गर्न , ती उत्पादन सम्वन्धहरु अनुरुपका सबै सामाजिक सम्बन्धहरुको उन्मूलन गर्न र ती सामाजिक सम्बन्धहरुबाट उत्पन्न तमाम विचारहरुको क्रान्तिकरण गर्न आवश्यक सङ्क्रमण विन्दुको रुपमा सर्वहारा वर्गीय अधिनायकत्व हो ” भनेका थिए । माक्र्स र एङ्गेल्स(१९७५) । छानीएका चीठीपत्रहरु पेज ३४५ ।
एङगेल्सले ‘श्रमिक वर्गले बनिबनाउ राज्यसत्ता हातमा लिएर त्यसलाई जस्ताको तस्तै राखी आफ्ना उद्येश्यहरुका लागि प्रयोग गर्न सक्तैन’भन्नुको तात्पर्य “विजयी बनेको सर्बहाराले सबैप्रथम पुरानो नोकरशाही एवं प्रशासनिक हिसावले केन्द्रकृत राज्यसत्तालाई आफ्नो उद्येश्यका लागि प्रयोग गर्नुभन्दा पहिले पुनर्गठन या पुन:संरचना गर्नुपर्दछ भन्ने प्रश्नको सामान्य प्रस्तुती हो”भनी प्रष्ट पारेका थिए । माक्र्स र एङ्गेल्स, (१९६९) । छानीएका रचनाहरु भाग १ पेज २८२ ।
यसरी माक्र्स र एङ्गेल्सका उल्लेखित भनाइहरुले पनि “जनमत संग्रहमार्फत वैज्ञानिक समाजवाद”को स्थापना गर्ने सवालको वैज्ञानिक आधार देखिदैन, एउटा काल्पनिक कोशिस मात्रै हो भन्ने स्पष्ट हुन्छ । यसले नेपाली कम्युनिस्ट आन्दोलनलाई ’वाम‘ दिशाबाट भ्रम सृजना गर्दै पुन: दक्षिणपन्थी भाषमा उठनै नसक्ने गरी विसर्जन गर्ने त होइन ? गम्भीर प्रश्न उब्जाएको छ ।
त्यसैले यसले ल्याउने गम्भीर क्षेतीबाट नेपाली कम्युनिस्ट आन्दोलनलाई बचाउन समयमा नै बैज्ञानिक समाजवादको स्थापनाको कार्यदिशावारे माक्र्सवादी–लेनिनवादी–माओवादी सिद्धान्त, विचार र कार्यदिशाको आलोकमा गम्भीर बहसको आवश्यकता देखिएको छ ।
कष्लनजजगपगmटडघ२नmबष्।िअयm