क्रान्तिकारी माओवादी काठमाडौंद्वारा शहिद, वेपत्ता तथा घाईते योद्धा परिवारसंग भेटघाट र भलाकुसारी

क्रान्तिकारी माओवादी काठमाडौंद्वारा शहिद, वेपत्ता तथा घाईते योद्धा परिवारसंग भेटघाट र भलाकुसारी

१ असार,  काठमान्डौ । नेकपा (क्रान्तिकारी माओवादी) काठमान्डौ जिल्ला पार्टी नेतृत्वद्वारा शहिद, वेपत्ता तथा घाईते योद्धा परिवारसंग भेटघाट र भलाकुसारी गर्ने क्रममा निषेधाज्ञाको अवस्थामा आज तारकेस्वर स्थित महान शहिद बाबुकाजी ढुंगानाकी आमा चेतकुमारी ढुंगाना र दिदि शोभा ढुंगानासंग उहाँकै घरमा गई भेटघाट तथा भलाकुसारी गरियो  । साथै जिल्ला पार्टीको तर्फबाट निषेधाज्ञाको प्रतिकुल स्थितिमा राहत स्वरूप २५ किलो चामल, २ किलो दाल ,२ किलो चिनी, चियापत्ती र १ लिटर खाने तेल उहाँहरुलाई हस्तान्तरण पनि गरेको जानकारी काठमान्डौ जिल्ला पार्टी सेक्रेटरी खगेन्द्र छन्त्यालले दिनु भएको छ ।