कोभिडको कहर : एक महिनामा ३८०४ जनाको मृत्यु

कोभिडको कहर : एक महिनामा ३८०४ जनाको मृत्यु


काठमाडौं । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना महामारीको दोस्रो लहरसँगै ०७८ जेठ महिनामा मात्रै देशभर ३ हजार ८०४ जना संक्रमितको मृत्यु भएको छ ।

सोही अवधिमा १ लाख ८८ हजार ८२५ जना संक्रमित थपिए भने २ लाख ८ हजार ५३१ जना संक्रमणमुक्त भएको तथ्यांक छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार जेठ महिनामा सबैभन्दा बढी ५ गते २४६ जनाको मृत्यु भएको थियो भने सबैभन्दा कम ३० गते ४६ जनाको मृत्यु भयो ।


महिनाको सुरुमा संक्रमित र मृत्यु हुनेको संख्या बढ्दो भएकोमा अन्तिमतिर आउँदा संक्रमणमुक्त हुने बढेका छन् र दैनिक मृत्युको संख्यासमेत घट्दो क्रममा देखिएको तथ्यांक छ । पछिल्लो समय पीसीआर परीक्षणको दायरा पनि बढाइएको छैन ।