काठमाडौं । निषेधाज्ञाका कारण बिचल्लीमा परेका मजदुरहरुलाई निरन्तर राहत बितरण गर्दै आएकाे न्कपा (क्रान्तिकारी माओवादी) काठमाडौंले शनिबार पनि राहत बितरण गरेकाे छ ।  निरन्तर निषेधाज्ञाको कारण बिचल्लीमा परेका श्रमजीवी बर्गलाई राहत वितरण गर्ने योजना  अन्तर्गत शनिबार गोकर्णेसश्वर नगरको नयाँबस्तीमा राहत बितरण कार्यक्रम सम्पन्न गरिएकाे छ । नयाँबस्तीमा शनिबार ३८ जना बेरोजगार मजदुरहरुलाई  चामल २२४ किलो ,दाल ५६ किलो ,खाने तेल ३५ लिटर ,नुन ३५ किलो वितरण गरिएको थियो  ।
पार्टीको जिल्ला सेक्रेटरी खगेन्द्र छन्त्यालको बिशेष उपस्थितिमा भएको उक्त राहत वितरण कार्यक्रममा गोकर्णेसश्वर नगर कमिटिका ईन्चार्ज ढोग प्रसाद अधिकारी, सेक्रेटरी उमेश लामा, देजमो अध्यक्ष किरण लामा र सदस्य कुमारी थापाको  उपस्थिति रहेको थियो ।
जिल्ला पार्टीको सहयोग तथा स्थानीय नगर कमिटिको सक्रियतामा सम्पन्न उक्त राहत बितरण कार्यक्रममा  स्थानीय समाजसेवी राम बिष्टको बिशेष सहयोग रहेको थियो । निर्माण मजदुरहरुको घना बस्तिरहेको गोकर्नेसश्वर नगरको नारायणतारमा यस अघि पनि जिल्ला पार्टीले  राहत वितरण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर