हामी सबैलाई जोगाउनुछ

प्रकाशित मिति : २०७८ जेष्ठ २३

- गोरे

हामी सबैलाई जोगाउनुछ
यसरी, उसरी, त्यसरी जसरी नि जोगाउनुछ
जोगाएर मात्र कहां हुन्छ र ? बचाउनु पनि छ
सबभन्दा बढि बौद्धिकलाई जोगाउनुछ
पद नपाएकाले पदको लागि
र फेरी पद पाएकाले पद जोगाउनुछ
हुन्छ भन्नेलाई हुन्न भनेर जोगाउनुछ
हुन्न भन्नेलाई हुन्छ भनेर जोगाउनुछ
सल्लाह, सुझाव दिंदा पनि मिलाएर दिनु पर्छ
पक्ष, बिपक्ष भएर दिनु पर्छ
टतस्थ बसेर कहां हुन्छ र ?
कर्मचारीहरुलाई पद जोगाएर कमाउनुछ
अलिकति नियम मिलाएर
माथिदेखि तलसम्म मिलाएर
एजेन्टदेखि नेतासम्मलाई मिलाएर
के गर्ने हजुर गा(हो छ नि १
सबै ठाउंमा मिलाउनु पर्छ
के गर्ने नखाई हुदै हुदैन
त्यो पनि ठाउं अनुसार
कतै नखाएमा भ्रष्टाचारी आरोप लाग्छ
कतै खाएमा भ्रष्टाचार लाग्छ
कर्मचारी भएसी कमाउनै पर्ने
मेरो एक जना साथी थियो, सुब्बा
बिबाह गरेको थिएन, ग(यो
केहि समयपछि मेडमले सोधनी भएछ
जागिर गरेको कति वर्ष भयो बुढा ?
जवाफमा त्यस्तै १२, १३ वर्ष
अनि के जोड्यौ त ?
केहि छैन, त्यहि थोत्रो खाट, टि.भि. अनि दराज
जग्गा जमिन चांहि छैन
पैसा नकमाउंदा श्रीमतिको पनि जोइतिंग्रे
साथीसंगी, इष्टमित्र, छरछिमेक सबैले हेप्ने
एक अक्षर नपढेको पल्लाघरे कान्छाले विदेश गएर कत्ति कमायो १
शहरमा घडेरी जोडेर घर पनि बनायो
नकमाउनेको घरमा झगडा हुन्छ रे १
देशमा सबभन्दा बढि राजनीतिज्ञले जोगाउनुछ
यता चुनाव जित्नलाई जोगाउनुछ
उता कार्यकर्ता पाल्नलाई नि जोगाउनुछ
पद पाउनलाई जोगाउनुछ
पद जोगाउनलाई पनि जोगाउनुछ
विदेशी प्रभुको कृपाले चलेको पद
बिपक्षीलाई तह लाउन पनि विदेशी चाहिने
क्रान्ति सफल बनाउन पनि विदेशी चाहिने
देश चलाउन पनि विदेशी सहयोग चाहिने
राजकाज चलाउन पनि उनैको सहयोग चाहिने
पद र सत्ता मात्र भएर के गर्ने ?
शहरमा घर, घडेरी र सवारी जोड्नुछ
आफ्ना आफन्तिलाई पदमा पु(याउनुछ
नेताले मात्र जोगाएर बचाएर कहां हुन्छ र ?
कार्यकर्ताले पनि जोगाउनुछ
नेताको आशिर्वाद पाउनुछ
आशिर्वादबाट पाएको पद जोगाउनुछ
नेताले जेसुकै गरोस्, आफ्नो पद र पैसा जोगाए पुग्छ
हामी सबैले जोगाउनुछ
पहिला पद पाउनुछ
त्यसपछि पैसा कमाउनुछ
अनि सत्ता हातमा लिनुछ
र त्यो पदलाई जोगाउनुछ
बस् १ त्यसलाई सधैंभरिलाई बचाउनुछ
डर सन्तान, पुस्तौं पुस्तालाई बचाउनुछ
ठूला बडा सबैले जोगाउन र बचाउन चाहन्छन्
नोक्सान या घाटा भएमा क्षतिपूर्तिसहित असुल्छन्
बिचरा १ गुमाउने तिनै
जसको गुमाउन बांकी नै केहि छैन ?
न जग्गा छ, न बास छ, न गास छ
न सीप छ, न रोजगार छ
न शिक्षा छ, न स्वास्थ्य छ
के हो अधिकार, कहां छ त्यो ?
खै के हो ? जनवाद र समाजवाद
कस्तो हुन्छ त्यो ?
के त्यस्ले जग्गा नहुनेलाई जग्गा दिन्छ ?
घर नहुनेलाई घर दिन्छ ?
रोजगार नहुनेलाई रोजगार दिन्छ ?
त्यसो भए कसरी दिन्छन् त ?
खै कसैले भन्दैन त हामीलाई ?
सरकारको कुरा नगरौं यहां
किन कि नेपालको सरकार, तिनीहरुको लागि बनेकै होइन
त्यसोभए, खोइ त क्रान्तिकारीहरु ?
कोहि गएनन् तिनीहरुकोमा ?
होइन भने कसको लागि हो क्रान्ति र क्रान्तिकारी ?
भनेर सोध्दैछन् एक स्वरमा सबै तिनिहरु ।