देशका प्रमुख ७ विद्यार्थी संगठनहरुको जुम बैठक सम्पन्न गरी, बैठकका निर्णयहरु संयुक्त प्रेस वक्तव्यमार्फत सार्वजनिक

देशका प्रमुख ७ विद्यार्थी संगठनहरुको जुम बैठक सम्पन्न गरी, बैठकका निर्णयहरु संयुक्त प्रेस वक्तव्यमार्फत सार्वजनिक

२३ जेठ काठमान्डौ ।
देशका प्रमुख ७ विद्यार्थी संगठनहरुको बैठक सम्पन्न गरि महत्वपूर्ण ५ वटा निणर्यहरु गरिएको छ । त महत्वपूर्ण निणर्यहरुमा: १. नेपाल सरकारका उपप्रधानमन्त्री राजेन्द्र महतोले राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय अखण्डता र राष्टिय एकता विरोधी अभिव्यक्तिको भत्र्सना गर्ने, २.२०७८/०७९को बजेटमा ल्याइएको खानी तथा ढूंगा, गिटी, बालुवा भारतमा निकासी गर्ने निणर्यको तत्काल खारेजी, ३. पेटोलियम पदार्थमा गरिएको मूल्य बृद्धि जनतामाथि गरिएको अपराध हो र लकडाउनलाई मूल्य बृद्धि गर्ने अवसरको रुपमा नलिन सरकारलाई चेतावनी ४. झापाको बिएण्ड सी मेडिकल कलेजलाई दिइएको सम्वन्धनको तत्काल खारेजी र ५. त्रिविविलगायत सबै विश्वविद्यालयले लिनु पर्ने सबै परीक्षाहरुको सुरक्षाको मापदण्ड अपनाएर तत्काल लिने व्यवस्था गर्न अनुरोध ।
यी उल्लेखित निर्णयहरु निम्न संयुक्त प्रेस वक्तव्यमार्फत सार्वजनिक गरिएको छ-