नेपालको वर्तमान सन्दर्भमा वैज्ञानिक समाजबादको स्थापना–एक बहस

नेपालको वर्तमान सन्दर्भमा वैज्ञानिक समाजबादको स्थापना–एक बहस


धनेश्वर पोख्रेल
हाम्रा केही मित्रहरु बर्तमान राजनैतिक तरलता अथबा भनौ अस्थिरताको निकास जनमत सङ्ग्रह हो भनिरहेका छन् । जनमत सङ्ग्रहको चुनावबाट वैज्ञानिक समाजबादको कल्पना गरेका छन् । एउटा माक्र्सवादीका लागि यसले यो कस्तो माक्र्सबाद हो ? भन्ने प्रश्न उव्जाएको छ । यो उत्तर माक्र्सवाद हो कि ? दक्षिण माक्र्सबाद हो,या पुर्ब माक्र्सवाद हो कि ? पश्चिम माक्र्सवाद हो ? वा अहिलेका नब श्रष्टाहरुले पर्तिपादन गरेको नब माक्र्सवाद हो ? कुन खालको माक्र्सवाद हो ? साघुरो दिमागले छुट्टाउनै सकेन ।
के एउटा प्रतिकृयाबादी राज्यसत्ता अन्तरगत हुने जनमत संग्रहले वैज्ञानिक समाजबादको पक्षमा मतदिन सक्छ ? २०३६ सालको जनमत सङ्ग्रहमा जनताले बहुदलको पक्षमा बहुमत दिएका होइनन् ! बहुमत लिने बहुदलले तर जित्ने निर्दलले भएको घटना आजै बिर्षन सकिन्छ ? के हिजोको राज्यसत्ता प्रतिगामी र आजको राज्यसत्ता अग्रगामी, प्रगतिशील छ ? वैज्ञानिक समाजबाद भनेको सर्बहारा वर्गको राज्यसत्ता होइन ? सन्सारको कुनैपनि तानाशाहले उस्को राज्यसत्ता अन्र्तरगत हुने चुनाबमा सर्बहारा वर्गलाई जनमत सङ्ग्रहमा जित्न दिएर सत्ता हस्तान्तरण गरेको र त्यसलाई टिक्न दिएको कुनै उधारण छ ? यदि त्यसो हुन्थ्यो भने माक्र्सवाद जन्मिनेनै थिएन । वर्ग–सङ्घर्ष, सर्बहारा वर्गको अधिनायकत्व र सशस्त्र बलप्रर्योगको सिद्दान्तको पर्तिपादन हुने नै थिएन । वैज्ञानिक समाजबादसँग यी उल्लेखित पक्षहरु –वर्ग–सङ्घर्ष, सर्बहारा वर्गको अधिनायकत्व र सशस्त्र बलप्रयोगको सिद्दान्त । जनमत संग्रहबाट ल्याइने वैज्ञानिक समाजबादसँग यीनीहरुको सम्वन्ध कहाँनेर रहन जान्छ ? राजनीतक दलहरुले राजनीति जनताको लागि गरिने होकि जनतामा भ्रम सृजना गरेर आफू र आफ्नो राजनीतिक दल सरकारमा पुग्ने भरयाङ गराउने हो ? नेपाली जनतालाई फेरी अर्को धोका नहोस । र यो एउटा अफबाह नबनोस ।
माओवादीले चलाएको दशवर्षे जनयुद्ध र २०३६ सालको बहुदल निर्दलबीचको जनमत संग्रह र अन्य विभिन्न आन्दोलनमा प्राप्त अनुभवआदिको आधारमा साथीहरुले जनमत संग्रहबाट वैज्ञानिक समाजबाद ल्याउने कार्यदिशाको जो कुरा गरिरहनु भएको छ, उहाँहरुलाई केही सुभाव छन् । मेरो अनुभवमा यो केवल एउटा अफबाह सिवाय केही हुने छैन । मित्रहरु यस्तो अफबाह फैलाएर दुनियाँलाई बेबकुफ बनाउने र जनताको आमुल परिबर्तन गर्ने क्रान्तिकारी चेतनालाई भुत्तेपार्ने र पर्कारान्तरले प्रतिकृयाबादीलाईनै फाईदा पुर्याउने कुचेष्टा नगरौ । बरु एउटा सशक्त आदीबेहरी श्रृष्टि गरेर सङ्घिय जनगणतान्त्रिक राज्यसत्ता निर्माण गरौ । आजको अपरिहार्य आबश्यकता यही हो र दिर्घकालीन राजनैतिक समस्या समाधानको बिकल्प पनि यहि नै हो । यो भन्दा बाहिर बर्तमान सङ्कटको निकास खोज्नु भनेको हिजोकै राष्ट्रघाती र जनघातीको रुपमा बदनाम भएका दलालहरुलाई सत्तासीन गराएर थप राष्ट्रिय सङ्कट निम्त्याउनु हो । भारतीय विस्तारवादको चलखेललाई अझ बढता मजलज गर्ने हो । नेपालका राजावादी र हिन्दुत्ववादीहरुका लागि एउटा अवसर नीर्माण गरिदिने हो । यस्तो कार्य एउटा क्रान्तिकारी जसले देशमा जनगणतन्त्रहुँदै बैज्ञानिक समाजबादको स्थापनाका लागि त्याग, तपस्या र बलिदान दिँदै आएका छन्, कदापि स्वीकार्य हुने छैन । नेपाली जनता सधैं यो वा त्यो नाउँको फासिबादी दलालहरुको दमनचक्रमा बसिरहन चाहानन् र उनीहरुका विभिन्न प्रकारका उत्पीडनहरु सहिरहन सक्तैनन् । उनीहरु समग्र राष्ट्रको मुक्ति र आम उत्पीडित वर्ग समुदायको मुक्ति चाहान्छन् चाहे हजारौको सङ्ख्यामा थप बलिदान गर्न किन नपरोस् । बर्तमान सङ्कटको समाधान अहिलेकै राज्यसत्ता ,ब्यबस्था, सरकार र संसदीय पार्टीहरुबाट कदापि सम्भब छैन । त्यसैले अहिलेको सही नारा संसदीय ब्यबसथा –––––––मूर्दाबाद, सङ्घिय संघीय जनगणतन्त्र नेपाल ––––जिन्दाबाद नै हो ।
२०७८/२/१७ गते