
धनेश्वर पोख्रेल
हाम्रा केही मित्रहरु बर्तमान राजनैतिक तरलता अथबा भनौ अस्थिरताको निकास जनमत सङ्ग्रह हो भनिरहेका छन् । जनमत सङ्ग्रहको चुनावबाट वैज्ञानिक समाजबादको कल्पना गरेका छन् । एउटा माक्र्सवादीका लागि यसले यो कस्तो माक्र्सबाद हो ? भन्ने प्रश्न उव्जाएको छ । यो उत्तर माक्र्सवाद हो कि ? दक्षिण माक्र्सबाद हो,या पुर्ब माक्र्सवाद हो कि ? पश्चिम माक्र्सवाद हो ? वा अहिलेका नब श्रष्टाहरुले पर्तिपादन गरेको नब माक्र्सवाद हो ? कुन खालको माक्र्सवाद हो ? साघुरो दिमागले छुट्टाउनै सकेन ।
के एउटा प्रतिकृयाबादी राज्यसत्ता अन्तरगत हुने जनमत संग्रहले वैज्ञानिक समाजबादको पक्षमा मतदिन सक्छ ? २०३६ सालको जनमत सङ्ग्रहमा जनताले बहुदलको पक्षमा बहुमत दिएका होइनन् ! बहुमत लिने बहुदलले तर जित्ने निर्दलले भएको घटना आजै बिर्षन सकिन्छ ? के हिजोको राज्यसत्ता प्रतिगामी र आजको राज्यसत्ता अग्रगामी, प्रगतिशील छ ? वैज्ञानिक समाजबाद भनेको सर्बहारा वर्गको राज्यसत्ता होइन ? सन्सारको कुनैपनि तानाशाहले उस्को राज्यसत्ता अन्र्तरगत हुने चुनाबमा सर्बहारा वर्गलाई जनमत सङ्ग्रहमा जित्न दिएर सत्ता हस्तान्तरण गरेको र त्यसलाई टिक्न दिएको कुनै उधारण छ ? यदि त्यसो हुन्थ्यो भने माक्र्सवाद जन्मिनेनै थिएन । वर्ग–सङ्घर्ष, सर्बहारा वर्गको अधिनायकत्व र सशस्त्र बलप्रर्योगको सिद्दान्तको पर्तिपादन हुने नै थिएन । वैज्ञानिक समाजबादसँग यी उल्लेखित पक्षहरु –वर्ग–सङ्घर्ष, सर्बहारा वर्गको अधिनायकत्व र सशस्त्र बलप्रयोगको सिद्दान्त । जनमत संग्रहबाट ल्याइने वैज्ञानिक समाजबादसँग यीनीहरुको सम्वन्ध कहाँनेर रहन जान्छ ? राजनीतक दलहरुले राजनीति जनताको लागि गरिने होकि जनतामा भ्रम सृजना गरेर आफू र आफ्नो राजनीतिक दल सरकारमा पुग्ने भरयाङ गराउने हो ? नेपाली जनतालाई फेरी अर्को धोका नहोस । र यो एउटा अफबाह नबनोस ।
माओवादीले चलाएको दशवर्षे जनयुद्ध र २०३६ सालको बहुदल निर्दलबीचको जनमत संग्रह र अन्य विभिन्न आन्दोलनमा प्राप्त अनुभवआदिको आधारमा साथीहरुले जनमत संग्रहबाट वैज्ञानिक समाजबाद ल्याउने कार्यदिशाको जो कुरा गरिरहनु भएको छ, उहाँहरुलाई केही सुभाव छन् । मेरो अनुभवमा यो केवल एउटा अफबाह सिवाय केही हुने छैन । मित्रहरु यस्तो अफबाह फैलाएर दुनियाँलाई बेबकुफ बनाउने र जनताको आमुल परिबर्तन गर्ने क्रान्तिकारी चेतनालाई भुत्तेपार्ने र पर्कारान्तरले प्रतिकृयाबादीलाईनै फाईदा पुर्याउने कुचेष्टा नगरौ । बरु एउटा सशक्त आदीबेहरी श्रृष्टि गरेर सङ्घिय जनगणतान्त्रिक राज्यसत्ता निर्माण गरौ । आजको अपरिहार्य आबश्यकता यही हो र दिर्घकालीन राजनैतिक समस्या समाधानको बिकल्प पनि यहि नै हो । यो भन्दा बाहिर बर्तमान सङ्कटको निकास खोज्नु भनेको हिजोकै राष्ट्रघाती र जनघातीको रुपमा बदनाम भएका दलालहरुलाई सत्तासीन गराएर थप राष्ट्रिय सङ्कट निम्त्याउनु हो । भारतीय विस्तारवादको चलखेललाई अझ बढता मजलज गर्ने हो । नेपालका राजावादी र हिन्दुत्ववादीहरुका लागि एउटा अवसर नीर्माण गरिदिने हो । यस्तो कार्य एउटा क्रान्तिकारी जसले देशमा जनगणतन्त्रहुँदै बैज्ञानिक समाजबादको स्थापनाका लागि त्याग, तपस्या र बलिदान दिँदै आएका छन्, कदापि स्वीकार्य हुने छैन । नेपाली जनता सधैं यो वा त्यो नाउँको फासिबादी दलालहरुको दमनचक्रमा बसिरहन चाहानन् र उनीहरुका विभिन्न प्रकारका उत्पीडनहरु सहिरहन सक्तैनन् । उनीहरु समग्र राष्ट्रको मुक्ति र आम उत्पीडित वर्ग समुदायको मुक्ति चाहान्छन् चाहे हजारौको सङ्ख्यामा थप बलिदान गर्न किन नपरोस् । बर्तमान सङ्कटको समाधान अहिलेकै राज्यसत्ता ,ब्यबस्था, सरकार र संसदीय पार्टीहरुबाट कदापि सम्भब छैन । त्यसैले अहिलेको सही नारा संसदीय ब्यबसथा –––––––मूर्दाबाद, सङ्घिय संघीय जनगणतन्त्र नेपाल ––––जिन्दाबाद नै हो ।
२०७८/२/१७ गते






























