नेपालका वाईस राजनैतिक दलहरुमध्य रुपंदेही जिल्लामा क्रियाशील दलहरुद्वारा प्रकाशित संयुक्त वक्तव्य

नेपालका वाईस राजनैतिक दलहरुमध्य रुपंदेही जिल्लामा क्रियाशील दलहरुद्वारा प्रकाशित संयुक्त वक्तव्य

जेठ १६ रुपंदेही ।
बर्तमान के पी वली सरकारले आफ्नो पद र सत्तास्वार्थका लागी साम्राज्यवाद र विस्तारवाद सँग सौदाबाजी गरेर, तानाशाही, फासिवादी र स्वेच्छाचारी कदम चाल्दै संसदको विघटन, अध्यादेश मार्फत नागरिकता बिधेयक जारी गरेर अगाडि बढेको छ, जसले सिमित रुपमा जनताले प्राप्त गरेका अधिकार समेत गुम्ने स्थिति उत्पन्न हुने परिस्थिति उत्पन्न भएको समयमा दा गएकोले । नेपालका वाईस राजनैतिक दलहरुमध्य रुपंदेही जिल्लामा क्रियाशील दलहरुको बैठक बसी देशको समसामयिक सवालहरुमा छलफल गरी सहमतिमा आधाारित निम्न बूँदाहरुमा समेटेर एउटा संयुक्त वक्तव्य प्रकाशित गरेका छन्, जसको पूरा पाठ तल दिइएको छ–
संयुक्त वक्तव्य
मिति २०७८/०२/१५ गतेका दिन नेपालका वाईस राजनैतिक दलमध्य रुपंदेही जिल्लामा क्रियाशिल तपशिलका राजनैतिक पार्टीहरुको बैठक बसि गरेका निर्णयहरु वक्तव्य मार्फत सार्वजनिक गरिएको छ ।
–आज देश गम्भीर संकटबाट गुर्जिरहेको छ । कोभिडको दोस्रो लहर निकै संक्रामक, भयावह र बढि घातक देखिÞएको छ । म्रृत्यु हुनेको संखÞ्या पनि डरलाग्दो छ । राजनैतिक , आर्थिक, सामाजिक क्षेत्र पनि तहसनहस बनेको छ । कोभिड् १९ संक्रमणको दोस्रो लहरले ठुलो संख्यामा मानवीय क्षेती हुनुका साथै स्वास्थ्य उपचार सामाग्रीको अभावले देश आक्रान्त बनेको बेला त्यसको रोकथाम र जनताको सुरक्षा गर्ने बिषयलाई उपेक्षा गरेर बर्तमान के पी वली सरकारले आफ्नो पद र सत्तास्वार्थका लागी साम्राज्यवाद/ विस्तारवादसङ्ग सौदाबाजी गरेर, तानाशाही, फासिवादी र स्वेच्छाचारी कदम चाल्दै संसदको विघटन, अध्यादेश मार्फत नागरिकता बिधेयक जारी गरेर अगाडि बढेको छ, जसले सिमित रुपमा जनताले प्राप्त गरेका अधिकार समेत गुम्ने स्थिति उत्पन्न हुँदै गएकोले ।
१. राष्ट्रिय स्वाधीनताको रक्षा, प्रतिगमन, निरुङ्कुसता र फासीवादका विरुद्ध सघर्ष्, कोभिड १९ द्वार सिर्जित समस्याहरु, जनजीबिका, तथा राज्यको आडमा भएका अनियमितता भ्रष्टाचार बेथिति माथि ध्यान दिदै, जन दबाव र आन्दोलनको निर्माण गर्नु आजको आवस्यकता बन्न गएको छ ।
२. प्रतिगमनको बिरोध, राष्ट्रिय स्वाधीनताको रक्षा तथा जनजिबिका र जन्तन्त्रको पक्षमा एकताबद्ध हुदै संयुक्त कार्यक्रम गर्न सहमत भएका छौ ।
३. नेपालको सार्वभौमिकता माथि हस्तक्षेप गर्ने उद्देश्यद्वारा गरिएकोको सिमा अतिक्रमण, कालापानी, लिपुलेख, लिम्पियाधुरा, सुस्ता लगायतका अतिक्रमित भू भाग फिर्ता गर्न, हिन्द प्रशान्त रणनीतिको आडमा अगाडि ल्याइएको एम सि सि र रास्ट्रघाती नागरिकता बिधेयक खारेज गरी राष्ट्रिय स्वाधीनताको रक्षा गर्न जोड दिन्छौ ।
४. कोभिड १९ ले पारेको प्रभावप्रति नेपाल सरकारले प्रभावकारी नीति, योजना र कार्यक्रमहरु नबनाएकोले राजनैतिक पार्टी, स्वास्थ्य कर्मी तथा विभिन्न संघ सस्थाकाहरुको साझा संयन्त्र निर्माण गरी बिरामीको उपचार, लकडाउनले सबैभन्दा बढी मारमा परेका वर्ग, समुदाय मजदुर, किसान, निम्न ब्यवसायी, उधोगी लगायत क्षेत्रहरूको अवस्था गम्भीर र नाजुक बन्न पुगेकोले तिनिहरुको हक हित अधिकारको पक्षमा आबाज उठाउदै निम्न आय भएका वर्गलाई कम्तिमा पनि तीन महिनाको राहत प्याकेज घोषणा गर्न माग गर्छौ ।
५. प्रधानमन्त्री के पी वलीको प्रतिगामी निरुङ्कुश, फासीवादी कदमलाई परास्त गर्दै जनताका जन अधिकार सुनिस्चित गर्न, जनजीबिकका समस्यालाई समाधान गर्न तथा अनियमितता, भ्रष्टाचार, बेरोजगारी, बेथिति कालोबजारी तस्करी र महंगीका विरुद्ध सघर्ष गर्न जोड दिदै आमजनसमुदायलाई हामीहरु संयुकत सङ्घर्षमा सहभागी हुन अनुरोध गर्दछौ ।
६. सरकारले सत्ता लम्ब्याउने कुत्सित मनसायले अध्यादेश मार्फत नागरिकता विधयक २०७८ जारी गरेको छ । देशको कुनै पनि वास्तविक नेपालीले नागरिकताबाट बञ्चित हुन नपरोस तर अनागरिकहरुले नागरिकता नपाउन भन्ने कुरामा हरेक नागरिक सचेत छन । बिदेशि दवावमा जारी लामो समय देखि बिवादमा रहेको विधयक देशको हित विपरित भएकोले अबिलम्ब खरेज गरियोस ।
७. सरकारले किसानहरुलाई मल, बिउ बीजन समयमा उपलब्ध गराउन नसक्दा किसानहरु अत्यान्त पिडित छन । अ:त समयमै सर्व शुलभ तरिकले उपलब्ध गराउन माग गर्दछौ ।
८. देशमा निषेधाज्ञाको अवस्था छ । सक्रमणको साङ्लो चुडाउन भनि लगाएको निषेधाज्ञाले जनजीबन कष्टकर बन्दै गई रहेको छ । सम्पुर्ण क्षेत्रको आर्थिक अवस्था जर्जर भएको छ । यही मौका पारेर भ्रष्ट, दलाल ठेकदार तस्करहरुले प्राकृतिक साधन श्रोत तथा नदिजन्य पदार्थको अनियंत्रित दोहन गरिरहेका छन नदिजन्य वस्तुको चोरी निकासीमा स्थायनिय जनप्रतिनीधि तथा कर्मचरीहरुको समेत मिलोमतो रहेको भन्ने जंगुनासा आउने गरेकाले सत्य तत्थ्य पत्ता लगाई दोषिमाथि कडा कार्यवायी गरियोस ।
९. नेपालागान्जको भेरी प्रादेशिक अस्पातालमा चिकित्सक र स्वास्थ्य कर्मीमाथि भएको आक्रमण र तोडफोडको घटनालार्ई हामीहारुले निन्दा र भ्रत्सना गर्दछौ । स्पस्ट छ कि विशवव्यापी कोरोना माहामारी बिरुद्दको संघर्षमा चिकित्सक र स्वास्थ्य कर्मीहरु नै अग्रमोर्चामा रहेका छन् । त्यसरी विशवव्यापी माहामारीको सामना गर्ने सन्दर्भमा अग्रमोर्चामा उभिएका चिकितसक र स्वास्थ्य कर्मी प्रति उच्चसम्मान गरिनु पर्नेमा उल्टै कुटपिट र आकर्मण गर्नु घोर आपत्तिजनक कार्य हो । उक्त घटनाका दोषिहरुलाई अबिलम्ब कार्यवाही गर्न जोडदार माग गर्दछौ
अंतमा देशमा अमन चयन कायम गर्न जनताको सचेत प्रयत्नले मात्र सम्भव छ । जनताको अगाडि संसारका तानाशाहाहरु टिक्न सकेको ईतिहास छैन । नेपालका प्रतिगामीहरु पनि जनताको सघर्षका अगडि झुक्न बाध्य हुनेछन । आउँ सवै मिलि संघर्षको आँधि वेहरी श्रिजना गरौ ।
नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी ( क्रांतिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी (मा.ले.), राष्ट्रिय जनमोर्च , देशभक्त जनगणतंत्रिक मोर्चा नेपाल, नेपाल कम्युनिष्ट पाटीर्, नेपाल कम्युनिष्ट पार्टी(माओवादी केंद्र ), राष्ट्रिय जागरण परिषद र नेपाल जनसमाजवादी पार्टी
मिति – २०७८ /२ /१६