९ जेठ काठमान्डौ ।
जेठ ७ गते मध्यराति केपी ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मौजुदा संसद् विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ मा संसद्को निर्वाचन गर्ने निर्णय गरेकोछ । राष्ट्र र नेपाली जनता यतिखेर कोभिड–१९ को महामारीबाट आक्रान्त भइरहेको र अक्सिजन नपाएर, अस्पतालमा भर्ना हुन नपाएर बिमारीहरु छट्पटाइरहेका र कतिपयले प्राण त्याग्नु परिरहेको अवस्थामा राष्ट्रपति र प्रधानमन्त्रीले जेठ ७ गते मध्यराति चालेको कदम अविलम्ब खारेज गर्न जोडदार माग गर्दै प्रेस वक्तव्य प्रकाशित गरिएकोछ, जसको पूर्ण विवरण तल दिइएकोछ –































