जेष्ठ ८ काठमान्डौ ।
चार किसान संगठन — अखिल नेपाल किसान महासंघ अप्फा, अखिल नेपाल किसान महाँसंघ(क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन तथा अखिल नेपाल प्रगतिशील किसान संघले ओलीको प्रतिगामी कदमको बिरोधमा संयुक्त रुपमा प्रेस वक्तव्य प्रकाशित गरेका छन् । प्रेस वक्तव्यको पूर्ण पाठ तदल दिइएको छ–
प्रेस वक्तव्य
प्रतिगामी ओली कदमको चार किसान संगठनद्वारा बिरोध
आम नेपाली जनता र प्रतिनिधि सभाको समेत बिश्वास गुमाइसकेका प्रधानमन्त्री केपी ओलीले आफै समेत संलग्न भएर बनाएको संबिधानको मर्म र भावान बिपरीत पुन: मध्यरातमा प्रतिनिधि सभाको बिघटन गरेर देशलाई फेरि अर्को पटक अन्यौल, अराजता र अध्यारो सुरुङ्गतिर धकेलिदिएका छन् । यस कार्यको हामी जिम्मेवार चार किसान संगठन — अखिल नेपाल किसान महासंघ अप्फा, अखिल नेपाल किसान महाँसंघ(क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन तथा अखिल नेपाल प्रगतिशील किसान संघ बाह्य शक्ति खाशगरी इण्डो–अमेरिकी शक्तिको आडधापमा सत्तामा जमिरहने तारतम्य मिलाउन जे जस्तो कदम पनि उठाउने यस्ता हर्कतको घोर बिरोध गर्दछौं ।
देशमा बढ्दो कोरोना ब्याधीका कारण आम जनता आबश्यक औषधोपचारको आधारभूत सुबिधा पनि पाउन नसकेर जीबन मरणको हाहाकारको स्थितिबाट गुज्रिरहेको दारुण स्थितिका बेला सम्पूर्ण राजनीतक दल,नागरिक समाज र समाजसेबी संघ संस्थाहरुलाई समेत एकजुट बनाएर यस महामारीका बिरुद्ध पीडित जनताको पक्षमा परिचालन गर्ने आवश्यक पहल र एकता प्रयास गर्नुको साटो सत्ताको संकीर्ण स्वार्थको बशिभूत भएर‘रोम जलिरहे पनि निरोले बाँसुरी बजाएको’ इटालीको कथालाई चरितार्थ गर्दै चालेको कदम नेपाली जनता र खाशगरी आम किसानका लागि कीमार्थ स्वीकार्य छैन भन्ने कुरा हामी प्रष्ट पार्दछौ ।
फैलदो कोरोना माहामारीको तेश्रो लहर कारण समेतले गर्दा चुनाव हुन नसक्ने स्थितिमा कार्तिक र मंसिरमा चुनाव गराउने हवाला दिदै भंग गरिएको प्रतिनिध सभाको चुनाव हुन नसके पनि सत्तामा रहिरहन र आध्यादेशबाट देश चलाउन पाइने बाहानाको खोजी समेत यो बिघटनबाट गरिन लागकोले यस्तो तानाशाही प्रबृत्तिको हामी जोडदार बिरोध गर्दछौ ।
भैरब रेग्मी सीताराम तमाङ्ग
अध्यक्ष अध्यक्ष
अखिल नेपाल किसान महासंघ(अप्फा) अखिल नेपाल किसान माहासंघ(क्रान्तिकाी)
लोकनारायण सुबेदी कृष्ण राना
अध्यक्ष इञ्चार्ज
अखिल नेपाल किसान यूनियन अखिल नेपाल प्रगतिशील किसान संघ





























