
जेठ ९ काठमाडौ ।
सरकार भन्दा बाहिर रहेका राजनितीक दलहरुले संसद विघटन गरि मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध कानुनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने भएका छन ।
जेठ ८ गते शनिबार बानेश्वरमा बसेको ५ दलको बैठकले १४९ जना सांसदसहित नेताहरु सर्वोच्च जाने निर्णय गरेको हो ।
राष्ट्रपतिले मध्यरातमा संसद विघटन गरेपछि अहिले सबैतर्फबाट चौतर्फि विरोध भईरहेको छ ।
त्यस्तै यता प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीमा जुट्नको लागी निर्वाचन आयोगलाई निर्देशन दिईसकेका छन ।






























