समाजसेवी चैतलाल महर्जनप्रति नेवाः राष्ट्रिय मुक्ति मोर्चाद्वारा श्रद्धाञ्जली व्यक्त

समाजसेवी चैतलाल महर्जनप्रति नेवाः राष्ट्रिय मुक्ति मोर्चाद्वारा श्रद्धाञ्जली व्यक्त


काठमाडौं । समाजसेवी तथा नेवा ः राष्ट्रिय मुक्ति मोर्चाका केस तथा पूर्व केन्द्रीय सचिव सचिर महर्जनका आदरणीय बुवा चैतलाल महर्जनको निधनमा दुःख व्यक्त गर्दै नेवाः राष्ट्रिय मुक्ति मोर्चाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । ६ गते जेठमा चैततालको ट्रमा सेन्टरमा उपचारको क्रममा ८४ बर्षको उमेरमा निधन भएको थियो । अस्पतालमा आइसीयु र भेन्टिलेटरको अभावका कारण उहाँको निधन हुन पुगेको मोर्चाका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठले जारी गर्नुभएको शोक वक्तव्यमा उल्लेख छ ।
शोक वक्तव्यमा भनिएको छ, “यस दुखद घडीमा कमरेड सचिर महर्जनसहित शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । साथै शोकलाई शक्तिमा परिणत गर्नुपर्ने कुरा यस बेला हामी सबैले स्मरणमा राख्नु पर्दछ ।”


विसं. १९९५ मा जन्मनुभएका दिवंगत चैतलाल पेशाले ज्योतिषी र कृषक हुनुहुन्थ्यो । उहाँकी एक श्रीमती, तीन छोरा, तीन बुहारी, चार छोरी ज्वाइँ र नातिनातिनाहरु रहेको पनि वक्तव्यमा उल्लेख छ ।