
लेनिनले साम्राज्यवाद मृत्यु शैयामा सुतेको पु“जीवाद हो भनेर भनेको तत्थ्यलाई बङगाएर पुँजीवादपन्थीहरुले साम्राज्यवाद झनपछि झन शक्तिशाली भइरहेको छ, कसरी लेनिनले मृत्यु शैयामा सुतेको पु“जीवाद भनेर भनेको होला ? यो त सरासरा गलत विश्लेषण भयो भनीरहेका छन् । माक्र्सवादले समाज विकासका चरणहरुमा पु“जीवादपछि आउने चरण समाजवाद हो भनेको छ । जसरी दासयुगपछि सामन्तवादी र त्यसपछिको चरण पु“जीवादी भनिएको छ ।
लेनिनले साम्राज्यवाद समाजवादमा जानका लागि सक्रमणमा रहेको पु“जीवाद हो भनेर भनेका छन् । वर्तमानको एकाधिकार, जुन पु“जीवादबाट विकसित हुन्छ, पहिले नै मरिरहेको पु“जीवाद हो, यसको सक्रमणको सुरू समाजवाद हो । साम्राज्यवादद्धारा लेबरको अत्यधिक समाजवादीकरणले उही परिणाम उत्पादन गर्दछ । उत्पादनको सामाजिक चरित्र र स्वामित्वको नीजी चरित्र बीच पु“जीवादको आधारभूत अन्तरविरोधले अझ ज्यादा समाजवादतर्फको सक्रमणलाई तीव्रता प्राप्त गर्छ । यसरी लेनिनले भनेका छन्, “ साम्राज्यवाद सर्वहाराको सामाजिक क्रान्तिको उत्सव हो ।
माक्र्सको पु“जीवादको गतिको नियमहरूको विश्लेषण स्वतन्त्र प्रतिष्पर्धात्मक पु“जीवादको त्यो चरणमा पर्दछ, जहा“ एउटा ठूलो संख्याका पु“जीवादी उत्पादकहरूले बजारमा प्रतिष्पर्धा गर्दथे । माक्सले केहि हदसम्म पु“जीको केन्द्रीकरणको प्रक्रियाको विश्लेषण गरे । उनी यद्धपि पु“जीवादमा एउटा नया“ चरण–साम्राज्यवादी चरण, देख्नका लागि लामो आवश्यक समयसम्म बा“चेनन् । यो २०सौ शताब्दीको सुरूमा घटयो र यो लेनिनका लागि छाडियो ताकि उनले यो प्रक्रियाको विश्लेषण गरून् । १८९७–९८मा लेनिनले पु“जीवादी विश्व बजारको विकासको केहि सुरूको विश्लेषण गरे तर साम्राज्यवादको पुरा विषयमा विश्लेषण गरेनन् । यद्धपि पहिलो विश्व युद्धको सुरूसंगै जुन युद्ध साम्राज्यवादका कारणले भएको थियो युद्धको आर्थिक आधार र सर्वहाराका लागि राजनीतिक पूर्व घटनाहरूको प्रभाव बुझनका लागि साम्राज्यवादको पुरा विश्लेषण गर्नु आवश्यक थियो ।
यो प्रश्न सबैभन्दा ज्यादा जरुरी १९१५मा भयो जब दोस्रो अन्तराष्ट्रियका अवसरवादी र संशोधनवादी नेता, कार्ल काउट्सकीले साम्राज्यवादमाथि एउटा किताब लेख्यो, जसमा उसले तर्क गर्यो कि विश्व आर्थिक प्रणाली ‘उग्र–साम्राज्यवाद’ तर्फ बढिरहेको थियो जहा“ स्थिरता हुने छ र युद्धको खतरा हुने छैन् । उसको बहस र अन्य केही मानिसका भनाइहरु जसले वर्तमान भूमण्डलीकरणको विश्लेषण गर्दछन् र तर्क गर्दछन् कि, बहुराष्ट्रिय समूहहरू र कर्पोरेसनहरूको वृद्धि र सबै देशहरूमा उनीहरूको पु“जी फैलिएको कारणले बहुराष्ट्रिय कर्पोरेसनहरूले युद्धलाई विरोध गर्ने छन् र विश्वमा त्यसकारणले विश्व युद्धको खरता छैन् । प्रथम विश्व युद्धका दौरानमा प्रस्तुत गरिएको यो सिद्धान्तले साम्राज्यवादको गलत चित्र दिने काम गरयो । काउट्स्कीद्धारा प्रस्तुत गरिएको यस्तो एउटा गलत सिद्धान्त जसलाई त्यो समयमा माक्र्सवादको प्रमुख सिद्धान्तकारका रूपमा स्विकार गरिएको थियो, यो सिद्धान्तको विरोध गरिनु र सहि बुझाइको प्रस्तुत गर्नु पूर्णत सही थियो । दोस्रो अन्तराष्ट्रियद्धारा निर्माण गरिएको भ्रमलाई अन्तराष्ट्रिय मजदुर वर्गको आन्दोलनका अगाडि स्पष्ट पार्न, सही विश्लेषण दिन र सही कार्यनीतिहरू प्रस्तुत गर्न आवश्यक थियो । यो गर्नका लागि लेनिनले १९१६मा यसवारे लगातार अध्ययन र अनुसन्धान गरे र उनको प्रशिद्ध काम, साम्राज्यवाद, पु“जीवादको सबैभन्दा उच्च चरण उत्पादन गरे । यो प्रमुख कामको अलवा उनले यो आधारभूत आर्थिक विश्लेषणलाई सर्वहाराको कार्यनीतिहरूसित जोडदै घेरै अरू लेखहरू पनि लेखे ।
पहिलो चरणमा, लेनिनले ‘साम्राज्यवाद के हो ?’ भन्ने सवालमा काउट्स्की र अन्य अवसरवादीहरूद्धारा निर्माण गरिएको भ्रमलाई स्पष्ट पार्ने कोशिस गरे । यसको उत्तर दिनका लागि, उनले सुस्पष्ट पारे कि पु“जीवादको एउटा विशिष्ट ऐतिहासिक चरण साम्राज्यवाद हो । यसका विशिष्ट विशेषता तीन वटा छन् : साम्राज्यवाद भनेको (१) एकाधिकार पु“जीवाद; (२)परजीवी, अथवा कुहिएको पु“जीवाद; (३) मरणासन्न पु“जीवाद अथवा मृत्यु शैयामा परेको पु“जीवाद । एकाधिकारद्धारा स्वतन्त्र प्रतिष्पर्धाको विष्थापन आधारभूत आर्थिक वनावट, साम्राज्यवादको मर्म वा गु“दी हो ।
एकाधिकार पु“जीवादले पा“च प्रमुख रूपहरूमा आफैलाई स्पष्ट गर्दछ :
(१) कार्टेलहरू, सिण्डिकेटहरू र प्रष्ठिानहरू – उत्पादनको केन्द्रीकरण एउटा डिग्रीमा पुगेको छ जसले पु“जीवादीहरूका यी एकाधिकारवाला संगठनहरू जसले अन्य प्रतिष्पर्धावालाहरूलाई मास्न आपसमा गठजोड गर्दछन् । तिनीहरूले मूल्यहरू तोक्छन्, आफूहरूबीचमा उत्पादन भाग गर्दछन् र बजारमा आउने र सफल हु“दै अन्य अरूलाई रोक्नका लागि व्यवस्थापनहरू र सम्झौताहरू बनाउछन् । तिनीहरूले आर्थिक जीवनमा एउटा निर्णायक भूमिका खेल्छन् ।
(२) ठूला बैंकहरूको एकाधिकारवादी स्थिति र एकाधिकार औधोगिक पु“जी र बैंक पु“जीको एक आपसमा मिलावटमार्फत आर्थिक पु“जीको निर्माण – लेनिनको समयको दौरान यो पहिले नै त्यो तहमा पुगिसकेको थियो जहा“ तीन, चार वा पा“च ठूला बैंकहरूले प्रमुख औधोगिक देशहरूमा समग्र आर्थिक जीवनलाई कुशलतापूर्वक सञ्चालन गरेका थिए ।
(३) पु“जीको निर्यात जसले विशेष महत्व प्राप्त गर्दछ– यो बनावट जुन गैर एकाधिकार पु“जीवाद अन्तरगत सामानहरूको निर्यातबाट भिन्न छ त्यो विश्वको आर्थिक र राजनीतिक विभाजनसित नजिकै हुने गरी जोडिएको छ ।
(४) अन्तराट्रिय कार्टेलहरूद्धारा विश्वको आर्थिक विभाजन – लेनिनको समयमा त्यहा“ पहिले नै एकसयभन्दा बढी यस्ता अन्तराट्रिय कार्टेलहरू थिए, जसले समग्र विश्वबजारलाई कमाण्ड गर्दथे र यसलाई तिनीहरू आफै बीचमा एउटा ‘मित्रतापूर्ण तरिकाले’ भाग लगाउदथे । वास्तवमा यो ‘मित्रता’केबल अस्थाई मात्रै हुन सकथ्यो र बजारको एउटा पुन:विभाजनका लागि जवसम्म युद्ध हु“दैनथ्यो त्यसवेलासम्म टिक्दथ्यो ।
(५) सबैभन्दा ठूला पु“जीवादी शक्तिहरूबीच विश्व(उपनिवेशहरू)को भू–भाग(राजनीतिक) विभाजन– विश्वका सबै पिछडिएका देशहरूको उपनिवेशिकरणको यो प्रक्रिया साम्राज्यवादको उदयको समयमा आधारभूत रूपले पुरा गरियो । अन्य अरू ज्यादा उपनिवेशहरू युद्धमार्फत विश्वको पुन विभाजन गरेर मात्रै पाउन सकिनथ्यो ।
मथि उल्लेखित बनावटहरूका आधारमा, लेनिनले साम्राज्यवादलाई निम्न तरिकाले परिभाषित गर्दछन् : “ साम्राज्यवाद विकासको त्यो चरणको पु“जीवाद हो जसमा एकाधिकारहरूको प्रभुत्व र आर्थिक पु“जीले आफैलाई स्थापित गरेको छ; जसमा पु“जीको निर्यातले उल्लेखनीय महत्व प्राप्त गरेको छ;जसमा अन्तराष्ट्रिय ट्रष्टहरूका बीचमा विश्वको विभाजन सुरू भएको छ; । जसमा ग्लोबको सबै भूभागहरूको विभाजन सबैभन्दा ठूला पु“जीवादी शक्तिहरूबीच पुरा भएको छ ।”
तत्थ्य यो हो कि साम्राज्यवाद परजीवी वा कुहिएको पु“जीवाद हो जुन
प्रथम मरणशील छ भन्नेमा स्पष्ट थियो, जुन उत्पादनको साधनहरूको नीजी स्वामित्वको प्रणाली अन्तरगत प्रत्येक एकाधिकारको विशेषता हो । स्वतन्त्र प्रतिष्पर्धा अन्तरगत द्रुत फैलावट तुलना गरेर हेर्दा, त्यहा“ एकाधिकार अन्तरगत उत्पादन समग्रमा तल झर्नका लागि एउटा प्रवृति हुन्छ । प्राविधिगत प्रगतिलाई निरूत्साहित गरिएको छ र नया“ खोजहरूमाथिको विशेष अधिकारहरू जानाजानी दवाइएको छ । दोस्रो, पु“जीवादको सडेको किरायदारहरू, पु“जीवादीहरूको एउटा विशाल तहको निर्माणमा सुस्पष्ट पारिएको थियो, जो काम नगरी बाच्छन् तर तिनीहरूले लगानी गरेकोमा सिर्फ व्याज अथवा डिभिडेण्डबाट तिनीहरूको कमाइको आधारमा प्राप्त कमाईबाट हुन्छ । तेस्रो, पु“जीको निर्यात परजीवीवादी छ र एउटा उच्च विन्दुमा पुगेको छ किनभने यसको अर्थ पिछडिएका देशहरूको सस्तो लेबरको खुल्ला शोषण हो । चौथो, आर्थिक पु“जीले स्वतन्त्रताका लागि नभई, दवावका लागि संघर्ष गर्छ । साम्राज्यवादको एउटा विशेष वनावट समग्र लाइनभरी राजनीतिक प्रतिक्रिया हो । विशाल स्केलमा भ्रष्टाचार, घुस र सबै प्रकारका धोखाधडी सामान्य हुन्छन् । पाचौ, उत्पीडित राष्ट्रहरूको शोषण र विशेषगरी ‘ठूला’ शक्तिहरूका मुठ्ठिभरद्धारा उपनिवेशहरूको शोषणले पिछडिएका राष्ट्रहरूमा सयौ लाखौका शरिरमा एउटा परजीवीभित्र साम्राज्यवादी विश्व बढदो रूपले रूपान्तरण भइरहेको छ । यो त्यो चरणमा पुगेको छ जहा“ साम्राज्यवादी देशहरूमा सर्वहाराको एउटा विशेषाधीकार प्राप्त माथिल्लो तहका उपनिवेशहरूमा सयौको लाखौ खर्चमा पछि रहन्छ ।
कष्लनजजगपगmटडघ२नmबष्।िअयm





























