प्रतिपक्षी दलले बहुमत पु¥याउन सकेनन्, अन्ततः ओली नै पुनः प्रधानमन्त्री

प्रतिपक्षी दलले बहुमत पु¥याउन सकेनन्, अन्ततः ओली नै पुनः प्रधानमन्त्री

काठमाडौ । कांग्रेस र माओवादी केन्द्रले आफ्नो पक्षमा बहुमत पु¥याउन नसकेपछि सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दावी पेश नगर्ने टुंगोमा पुगे । । कांग्रेस र माओवादी एमालेको झलनाथ खनाल र माधवुकमार नेपाल समूहले सहयोग नगर्ने निश्चित भएपछि बहुमतको सरकार गठनका लागि दावी नगर्ने निष्कर्षमा पुगेका हुन् ।
सोमबार संसदमा विश्वासको मत नपाएसँगै केपी ओली प्रधानमन्त्रीबाट पदमुक्त भएपछि राष्ट्रपतिले संविधान धारा ७६ (२) अनुसार तीन दिनको समय दिएर बिहीवार राती नौ बजेसम्म गठबन्धन सरकारको लागि आव्हान गरेकी थिइन् ।
विपक्षी गठबन्धनले सरकार गठनको दावी नगर्ने भएपछि एमालेसँग अब सरकार गठनका लागि दुई विकल्प आएका छन् । जसपाको ठाकुर र महतो समूहको समर्थनमा ओलीले बहुमतको सरकारका लागि दावी पेश गर्ने सम्भावना पनि छ । यसो भएन भने ७६ (३) अनुसार ओली संसदमा ठूलो दलको हैसियतमा अल्पमतको सरकारको प्रधानमन्त्री बन्नेछन् ।
ओलीलाई प्रधानमन्त्री बनाउन भित्रभित्रै भारतीय खुफिया एजेन्सीका अधिकारीहरु सक्रिए रहेको एक उच्च स्तरीय स्रोतको दाबी छ । रअका अधिकारीहरुकै सक्रियतामा जसपाको एउटा खेमालाई निरन्तर रुपमा ओलीको पक्षमा उभ्याएको र बुधबार ओली र नेपाललाई पनि एकै ठाउँमा राखेर वार्ता गराउन पनि रअकै अधिकारीहरुको सक्रियता रहेको पनि स्रोतले दाबी ग¥यो । रअका प्रमुख सामन्त गोयललाई बालुवाटारमा पु¥याएर वार्ता गराएका क्याप्टेन रामेश्वर थापाकै सक्रियतामा उनकै निवासमा ओली र नेपालबीच वर्ता गराई ओलीलाई नै पुनः प्रधानमन्त्री बनाउने खेल इण्डियाले खेलेको स्रोतको दाबी छ ।