सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुग्यो, पछिल्लो २४ घण्टामा २१४ को मृत्यु

सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुग्यो, पछिल्लो २४ घण्टामा २१४ को मृत्यु


काठमाडौं । नेपालमा थप २१४ जना संक्रमितको ज्यान गएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४६६ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिए अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यसअघि बुधबार देशभर ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको थियो भने १६८ को मृत्यु भएको थियो । पीसीआर विधिबाट १९४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा क्रमशः ८९६० जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ भने निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।