वैशाख २५ कालिकोट
नेकपा (क्रान्तिकारी माओवादी)ले कोभिड १९लाई मध्यनजर गर्दै यतिवेला कालिकोटका वस्तिहरुमा मास्क, स्यानीटाइजर र प्राथमिक आत्मसुरक्षाका साथ जनताका माझमा शस्स्त्र जनविद्रोह मार्फत संघीय जनगणतन्त्रको स्थापनाका लागि संगठित हुन सम्पूर्ण क्रान्तिकारी शक्तिहरु खासगरी पूर्व जनमुक्ति सेना तथा माओवादीका क्रान्तिकारी नेता तथा समर्थकहरु, सहीद तथा वेपत्ता योद्धा परिवार र समर्थक शुभचिन्तकहरुका माझ भेटघाट, छलफल गर्दै अगाडि बढीरहेको छ ।


नेकपा (क्रान्तिकारी माओवादी) कालीकोट जिल्ला सचिव कर्णबहादुर वीसीेको नेतृत्वमा सो भेटघाट अभियानको सञ्चालन भइरहेको छ । सो अभियानमा कर्णाली प्रदेश सचिवालय सदस्य विपिन, कान्तिकारी युवा लिग नेपालका केन्द्रीय महासचिव दिलबहादुर कठायत लगायत पार्टीका स्थानीइ नेता तथा कार्यकताृहरुको टोली वर्तमान अवस्थालाई मध्यनजर गर्दै आफनो पार्टीको विचार निरन्तर रुपमा दिंदै यतिखेर नीर्वाचन क्षेत्र ‘ख’का वस्ती वस्तीमा अगाडि बढीरहेको जानकारी जिल्ला सचिव कर्णबहादुर वीसीेमार्फत प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर