
वैशाख २५ काठमान्डौ ।

अखिल (क्रान्तिकारी) जसले शिक्षा र स्वास्थ्यमा भइरहेका निजीकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरणविरुद्ध निरन्तर संघर्ष गर्दै आइरहेको छ र वर्तमानमा पनि कोभिड–१९ को खोप आउन नसक्नुमा ओली सरकारले स्वास्थ्य माफियाहरुलाई संरक्षण गर्नुका साथै स्वयं सरकार नै माफियाको जालोमा फस्न पुग्नु हो । कोभिड–१९ को पहिलो लहरमा ओम्नीजस्ता स्वास्थ्य माफियाहरुको हितमा काम गरेको र अहिले फेरी उस्तै इतिहास दोहोरिन गएको अवस्थामा कतै सरकारले नै ती माफियाहरुको नेतृत्वसमेत गरिरहेको त छैन ? भन्ने प्रश्न समेत उठेको छ । यसै सन्दर्भलाई लिएर नेपालको क्रान्तिकारी विद्यार्थीहरुको नेतृत्व गर्दै आएको अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलव्दारा माथि उललेखित प्रेस वक्तव्य प्रकाशित गरिएको छ ।