गीता बञ्जाडेको निधनमा श्रद्धाञ्जली व्यक्त

गीता बञ्जाडेको निधनमा श्रद्धाञ्जली व्यक्त

दाङ÷ नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सेक्रेटरी नरेन्द्र बन्जाडेकी जीवन सङ्गिनी गीता बन्जाडेको निधन भएको छ । घोराही उपमहानगरपालिका–३ गोग्ली निवासी पचास वर्षीय गीता विगत लामो समयदेखि विरामी रहेको र घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरि उपचार गराउँदा स्वास्थ्यमा सुधार नआएपछि चितवन मेडिकल कलेजमा भर्ना गरी उपचार गराएको पारिवारिक श्रोतले जनााएको छ । उपचारकै क्रममा आज गए राती निधन भएको गीताका श्रीमान नरेन्द्र बन्जाडेले बताए ।
गीताको निधनमा नेकपा क्रान्तिकारी माओवादी तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल दाङ जिल्ला समितिले छुट्टाछुट्टै बक्तव्य जारी गर्दै श्रद्धाञ्जली दिएका छन् । बक्तव्यमा भनिएको छ– ‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का दाङ जिल्ला सेक्रेटरी कमरेड नरेन्द्र बन्जाडेकी जीवनसङ्गिनी तथा पार्टी सदस्य, अनेमसङ्घ क्रान्तिकारीकि दाङ जिल्ला सदस्य कमरेड गीता बन्जाडेको चितवन मेडिकल कलेजमा उपचारका क्रममा गए राति निधन भएकाले अत्यन्तै दुखित र स्तबध बनाएको छ । मृतक कमरेड गीताप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । शोकसन्तप्त कमरेड नरेन्द्र बञ्जाडे, उहाँका दुई छोरा, दुई बुहारी र छोरी तथा आमा एवम् समस्त बन्जाडे परिवारमा गहिरो समवेदना प्रकट गर्दछौँ ।’ जिल्ला इञ्चार्ज समीर केसीद्वारा प्रेशित श्रद्धाञ्जली बक्तव्यमा अगाडि भनिएको छ– ‘२०२८ भदौ २८ गते अर्घाखाँचीमा जन्मनु भएकी कमरेड गीताले जनयुद्धकालदेखि नै पार्टीमा महत्वपूर्ण सहयोग गर्दै आउनु भएको थियो । अत्यन्तै मिलनसार, मृदुभाषी, लगनशील र पार्टी सङ्गठनप्रति वफादार सदस्यको निधनले हाम्रो पार्टी र आन्दोलनमा अपुरणीय क्षति भएको छ ।’
यसरी गीताको निधनमा श्रद्धाञ्जली बक्तव्य जारी गर्नेहरूमा दाङ जिल्लाका पूर्व इञ्चार्ज तथा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हिरामणि दुःखी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका केन्द्रीय अध्यक्ष ईश्वर तिमिल्सिना, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, दाङका अध्यक्ष ईश्वरीप्रसाद गैरे, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी लुम्विनी संयोजक तेजकुमारी थापा रहेका छन् ।