कार्लमार्क्सकाे २०३औँ जन्मदिवसमा क्रान्तिकारी माओवादीकाे अपिल : नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई समृद्ध तुल्याउँदै मार्क्सले देखाएको युगान्तकारी परिवर्तनको बाटोमा दृढतापुर्वक अगाडि बढाैं !

कार्लमार्क्सकाे २०३औँ जन्मदिवसमा क्रान्तिकारी माओवादीकाे अपिल : नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई समृद्ध तुल्याउँदै मार्क्सले देखाएको युगान्तकारी परिवर्तनको बाटोमा दृढतापुर्वक अगाडि बढाैं !

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ले कार्ल मार्क्सको २०३औँ जन्मदिवस  अवसरमा वक्तव्य जारी गर्दै नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई समृद्ध तुल्याउँदै र सच्चा कम्युनिस्टहरूलाई एकताबद्ध तथा ध्रुवीकृत गर्दै माक्र्सले देखाएको युगान्तकारीपरिवर्तनको बाटोमा दृढताका साथ अगाडि बढ्न सम्पूर्ण पार्टी पङ्क्ति तथा आम उत्पीडित जनतामा आर्दिक आह्वान गरेकाे छ । पार्टी महासचिव माेहन वैद्य किरणले जारी गरेकाे वक्तव्यमा चनिएकाे छ, “विश्वभरिका प्रतिक्रियावादी शासकहरु तथा सबै खाले संशोधनवादका विरुद्ध निर्मम सङ्घर्ष गर्नुृ र नयाँ जनवादी क्रान्तिको दिशामा अगाडि बढ्नुमा नै कार्ल माक्र्सका ऐतिहासिक तथा युगान्तकारी योगदानहरूको पुनः संस्मरण र माक्र्सवादप्रति निष्ठा जाहेर गर्नुको सार्थकता निहित छ ।”
वक्तव्यकाे पुर्णपाठ यश प्रकार रहेकाे छ,
मई ५ तदनुसार आज बैशाख २२ गते कार्ल माक्र्सको २०३औँ जन्म दिवस हो । विश्व सर्वहारा वर्गका महान्
नेता कार्ल माक्र्स ५ मई १८१८ का दिन जर्मनीको एउटा सानो शहर ट्रियरमा जन्मनु भएको थियो । उहाँ माक्र्सवादका प्रवर्तक तथा साम्यवादी क्रन्तिका महान् शिक्षक हुनुहुन्छ । उहाँले दर्शन, राजनीतिक अर्थशास्त्र र
वैज्ञानिक समाजवादका तीनवटै क्षेत्रको समष्टिगत विकास गरी माक्र्सवादको प्रतिपादन गर्नु भयो । माक्र्सवाद विश्व
सर्वहारा क्रान्ति र आम उत्पीडित जनताको सङ्घर्षको दर्शन हो । आज माक्र्सवाद, माक्र्सवाद–लेनिनवाद–माओवादमा विकास भएको छ । यो हाम्रो पार्टीको मात्र नभएर विश्व सर्बहारा क्रान्तिकोे पथप्रदर्शक सिद्धान्त हो ।
माक्र्सवादको प्रादुर्भावसँगै संशोधनवादको पनि जन्म भएको छ । विभिन्न रुप र रङ्गका संशोधनवादीहरुले विश्वव्यापी रूपमा माक्र्सवादमाथि भीषण हमला गर्दै आएका छन् । रूस, चीन लगायतका देशहरूमा भएका
प्रतिक्रन्तिका घटनालाई देखाएर संसारभरिका प्रतिक्रियावादीहरूले माक्र्सवाद असफल भएको र साम्यवाद ढलेको भन्ने एकोहोरो प्रचारबाजी गर्दै आएका छन् । प्रतिक्रान्तिको कारण माक्र्सवादको असफलता
होइन, माक्र्सवादको नाममा संशोधनवादको असफलता हो । वर्तमान विश्वमा साम्राज्यवादी नवउदारवाद भयावह
सङ्कटको भुमरीमा फस्दै गएको छ र विश्वमा १९३०को जस्तै आर्थिक सङ्कट आउँदैछ भनेर विभिन्न अर्थशास्त्रीहरुले भन्दै आएका छन् । यस प्रकारको सङ्कटको समाधान पुँजीवादमा छैन । सङ्कट समाधानको एकमात्र उपाय वैज्ञानिक समाजवाद हो । विश्वव्यापी रूपमा समाजवादी क्रान्तिको आवश्यकता र माक्र्सवाद प्रतिको आकर्षण झनै बढिरहेको छ ।
गएको दुई वर्षदेखि पुरा विश्वलाई कोभिड–१९ महामारीले गाँजेको छ । यो महामारी अति मुनाफाका लागि नवउदारवादी साम्राज्यवादले प्रकृतिमाथि गरेको अनियन्त्रित दोहनका कारण पैदा भएको पर्यावरणीय असन्तुलनको अनिवार्य परिणाम हो । यसलाई वैज्ञानिकहरुले तथ्य सहित पुष्टि गरेका छन् । कोभिड–१९
महामारीले पुरा विश्वलाई नै डरलाग्दो गरी लपेटेको बेला साम्राज्यवादी लुटेराहरुको ध्यान भने महामारी नियन्त्रण र जनताको जीवन रक्षा भन्दा पनि खोपको उत्पादनबाट अकुत सम्पत्ति कमाउने तिर केन्द्रित भएको छ । साम्राज्यवादीहरुले महामारी निन्त्रणमा होइन विश्वमा आफ्नो वर्चश्व स्थापित गर्नका लागि सैन्य खर्चमा प्रतिस्पर्धा गरेका छन् । कोभिडबाट सङ्क्रमित कैयौँ जनताहरु अक्सिजनको अभावमा सासफेर्न नपाएर अस्पतालमा लासपरेका बेला साम्राज्यवादी लुटेरा र तिनका कठपुतली शाषकहरुले २०२०मा विश्वको सैन्य बजेट २.६ प्रतिशतले बढाएर १९ खरब ८१ अरव डलर पु¥याएका छन् । साम्राज्यवादीहरुको ध्यान कहाँ केन्द्रित छ भन्ने कुरा यसले स्पष्ट गर्दछ । साम्राज्यवाद नै सबै समस्याको कारण हो र यसबाट वर्तमान आर्थिक र स्वास्थ्य
सङ्कटकोे समाधान हुँदैन । समस्याको समाधान माक्र्सवाद–लेनिनवाद–माओवादको मार्ग निर्देशनमा हुने विश्व समाजवादी क्रान्ति हो ।
अहिले नेपालमा कम्युनिस्टको नाममा घोर प्रतिक्रियावादी सरकार सत्तासीन छ । देशमा जनतन्त्र, जनजीविका तथा
राष्ट्रिय स्वाधीनताका समस्या गम्भीर बन्दै गएका छन् । जताततै कोभिड–१९ महामारीले जनतालाई आक्रान्त
बनाएको बेला कम्युनिस्ट नामधारी ओली सरकारले जनताको उपचार गर्न नसक्ने घोषणा गरेर आफ्नो प्रतिक्रियावादी सार अनुसारको रुप देखाएको छ । हामी प्रतिक्रियावाद र सबैखाले संशोधनवादसित सङ्घर्ष गर्दै
नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादको स्थापना र साम्यवादको महान् उद्देश्य प्राप्तिका लागि अगाडि बढिरहेका छौँ ।
आज हामीले विश्व सर्वहारा वर्गका महान् नेता कार्ल माक्र्सको स्मरण गरिरहेका छौँ । विश्वभरिका प्रतिक्रियावादी शासकहरु तथा सबै खाले संशोधनवादका विरुद्ध निर्मम सङ्घर्ष गर्नुृ र नयाँ जनवादी क्रान्तिको दिशामा अगाडि बढ्नुमा नै कार्ल माक्र्सका ऐतिहासिक तथा युगान्तकारी योगदानहरूको पुनः संस्मरण र माक्र्सवादप्रति निष्ठा जाहेर गर्नुको सार्थकता निहित छ । यस अवसरमा हाम्रो पार्टी नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई समृद्ध तुल्याउँदै र सच्चा कम्युनिस्टहरूलाई एकताबद्ध तथा ध्रुवीकृत गर्दै माक्र्सले देखाएको युगान्तकारीपरिवर्तनको बाटोमा दृडताका साथ अगाडि बढ्न सम्पूर्ण पार्टी पङ्क्ति तथा आम उत्पीडित जनतामा आर्दिक आह्वान गर्दछ ।”

मिति  बैशाख २२, २०७८
किरण
महासचिव
नेकपा (क्रान्तिकारी माओवादी)