
आज ५ मे कार्ल माक्र्सको २०३औं जन्म जयन्ति । माक्र्स र माक्र्सवादको विचार यात्रालाई सही किसिमले बुझ्न नसक्ने, बुझ्ेर पनि नबुझेझै गर्ने, आफ्नो व्यक्तिगत स्वार्थलाई फाइदा पुग्ने हिसाबले बुझ्ेर जनतामा भ्रम छर्नेहरुको बोलवाला छ । जे भएता पनि समर्थक तथा विरोधी सबैमा कार्ल माक्र्स महान छन् । यिनै महान दार्शनिक, सर्वहारावर्गको मुक्तिका ज्याती कार्ल माक्र्सको माक्र्स माक्र्सवादी हुनेवेला सम्मको जीवनीलाई संक्षिप्त लेख्ने प्रयास गरिएको छ । युगले बिर्सन नसक्ने विश्व सर्वहारावर्गका महान गुरु कार्ल माक्र्स जन्मेको पनि आज २०३ वर्ष भयो ।
यो सत्य हो कुनै पनि व्यक्ति जन्मदै माक्र्सवादी हुँदैन्—माक्र्ससम्म पनि हुँदैन् । त्यहाँ एउटा प्रक्रिया छ, जसको माध्यमबाट विचारहरू र दृष्टिकोणहरूको विकास गरिन्छन्, सुत्रवद्ध गरिन्छन् र एउटा आधारभूत आकार लिन्छन्, जसलाई विचार भनिन्छ । स्वभावत माक्र्सले पनि यस्तो प्रक्रियाबाट गुज्रनु परयो र त्यसरी गुज्रिएर नै उनले जसलाई हामी आज माक्र्सवाद भन्दछौ, त्यसको आधारभूत सत्यतालाई पत्ता लगाउन र पक्डन सकेको पाइन्छ । विचार विकासको यो प्रक्रिया मूलत ठोस अनुभवहरू, जसलाई माक्र्स स्वयम्ले पार गर्नु परेका थियो, त्यसद्धारा निर्धारित गरिएको थियो । त्यसकारण यसलाई गहिरो गरि बुझनका लागि हामीले यी महान् शिक्षकका सुरूवाती जीवनका अनुभवहरूतर्फ संक्षिप्त ध्यान दिन आवश्यक छ ।
कार्ल माक्र्सको जन्म ५मे १८१८मा अहिलेको जर्मनको भु–भाग, त्यसवेला रेनिस प्रुसियाको टायरभन्ने शहरमा भएको थियो । उनका बाउ, हिएनरिक माक्र्स, जो शहरका एक जना उच्च वकिल थिए । त्यो परिवार सम्पन्न र सुसंस्कृत थियो तर क्रान्तिकारी भने थिएन् । माक्र्सका आमा र वुवा दुवै पुस्तौदी यहुदी पुजारीबाट आएका थिए । यसरी यद्धपि उनीहरू आर्थिक रूपले सम्पन्न थिए, उनीहरूले प्रुशीयाको यहुदी विरोधी वातावरणमा सामाजिक विभेदको सामना गर्नु परेको थियो । १८१६मा माक्र्सका बुवालाई बलजफ्ती किृष्टीयानीटी धर्म मान्न वाध्य पारियो किनभने प्रुशियन सरकारले यहुदीहरूलाई कानुन वोकालत अभ्यास गर्न नपाइने कानुन ल्यायो । त्यसैगरी १८२४मा अर्को प्रुशियन कानुन पास गर्यो जसले नन क्रिष्टीयनहरूलाई सरकारी स्कुलहरूमा भर्ना हुनबाट बंचित गर्यो । यो बाट पार पाउन हेनरिक माक्र्सलाई, उनको छोरा माक्र्सलाई, उनका सबै भाइहरू र बहिनीहरूलाई ब्याप्टाइज गर्न वाध्य पारियो । यसरी, यद्धपि उनलाई संगठित धर्ममा विश्वास थिएन्, माक्र्सको बुवालाई केबल उनका बालबच्चालाई राम्रो शिक्षा र आफ्नो पेशालाई निरन्तरता दिन उनलाई नयाँ धर्म अपनाउन वाध्य पारियो । माक्र्सको गृहनगर ट्रायर जर्मनको ज्यादै पुरानो शहर थियो, जो शताव्दीऔदेखि रोमन बादशाहाहरूको निवाश रहदै आएको थियो र पछि त्यो शहर र त्यस वोरपिरीको क्षेत्र एउटा धार्मिक प्रशासन सहित क्याथोलिक बिशपको निवास भयो ।
अगस्त १७९४मा फ्रेन्च फौजले त्यो शहरमाथि कब्जा गर्यो, आफ्नो शासन स्थापना गर्यो र त्यो शहर फ्रेन्च क्रान्तिको विचार र संस्थाहरू अन्तरगत आयो । पछि यो शहर पुन प्रुशियन राजाको अधिनमा आयो, जव १८१५मा फ्रान्सको नेपोलियनको हार भयो । यसरी माक्र्सको जन्म र उहाँको युवाको समयमा यसले फ्रेन्च क्रान्तिको २१ वर्षको निस्चित प्रभावलाई अझै असर पारिहयो ।
ट्रियर एउटा सानो शहर थियो , त्यसवेला त्यसको जनसंख्या करीब १२ हजार मात्रै थियो । यो वोरीपरि क्षेत्रको वासिन्दाको लागि एउटा बजार थियो, जुन सयौ वर्षदेखि एउटा प्रशिद्ध रक्सि बनाउने क्षेत्र थियो । यहाँका वासिन्दामा सरकारी कर्मचारी, पुजारीहरू,साना खालका व्यापारीहरू र हस्तकलाका कालीगढहरूआदि थिए । यो क्षेत्र औधोगिक क्रान्तिद्धारा अछुतो थियो र यसरी आर्थिक रूपले तुलनात्मक रूपमा पिछडिएको थियो । माक्र्सको जवानीको समयमा यो शहर गरीबीको उच्च स्तरमा रहेको थियो । १८३० मा दिइएको सरकारी तथ्याङकमा यहाँको वेरोजगारी चित्र प्रत्येक चारमा एक जना थियो, यद्धपि वास्तविक चित्र त त्यो भन्दा पनि धेरै माथि थियो । भिख माग्नेहरू र वेश्याहरू सामान्य जस्तै थिए र स–साना चोरीजस्ता अपराधी काम त अति नै उच्च थिए । यसरी माक्र्स धेरै कम उमेरको समयदेखि गरीबीको मारमा परिरहेका मजदुर वर्गहरूको दु:ख दर्दका साछी थिए । प्राथमिक पाठशालाको अध्यन पछि, माक्र्स १८३१मा फ्रेडरिक वीलहेम जिम्नासियम(सेकेन्डरी स्कुल) मा भर्ना भए, जहाँबाट उनले १८३५मा पास गरे । तीन हप्तामै उनलाई अरू अध्यनका लागि विश्वविद्यालयको कानुन शाखामा पठाइयो, जो बोन शहर(एउटा महत्वपूर्ण शहर जो आज जर्मनीको संयुक्त राजधानी भएको छ)को ट्रियरदेखि ४० माइल टाडा थियो । माक्र्स, जतिसक्दो सम्भव सिकाइको चाहना सहित तुरून्तै कानुन वाहेक अन्य नौ वटा कोर्षहरू जसमा कविता, साहित्य, कला आदिमा भर्ना भए । उनी पहिलेत लेक्चरहरूमा नियमित उपस्तिथ हुने गर्दथे तर क्रमस उनको चाहना हराउदै गयो खासगरी कानुनको लेक्चरमा, जसलाई उनले सुख्खा र असन्तुष्टिपूर्ण पाए । उनले पहिले नौ वटा कोर्षहरूबाट छ अनि त्यसबाट अनि चारमा घटाए । उनले आफै अध्ययन गर्ने निस्चित गरे र छिटै विद्याथीहरूको आँधीपूर्ण जीवनमा संलग्न भए, जसको उनी छिटै नेता भए ।
कविता लेख्नेमा उनको गहिरो इच्छाले गर्दा उनी विशिष्ट व्यक्तिका रूपमा, क्रान्तिकारी विद्यार्थीहरूद्धारा स्थापित युवा कविहरूको एउटा सर्कलमा संलग्न भए । सामन्ती कुलीनहरू र पुँजीपतिका छोराहरू बीचको लगातारको सङ्घर्षमा उनी छिटै पुँजीपतिका छोराहरूको समूहका नेता बने । उनी प्रायजसो मुक्केवाजमा संलग्न हुन्थे र कहिलेकाही चाकु लिएर तरवार दिने पनि गर्दथे । जसका लागि उनी एक पटक गिरफ्तार पनि भएका थिए र उनीमाथि पुलिस केश पनि भएको थियो । उनलाई एक दिन रक्सी खाएर मात्तिएको र शान्ति खलवल्याएको भन्दै विद्यार्थीको जेलमा राखिएको थियो । माक्र्स, एउटा तरवार युद्धमा उनको दाहिने आखीभौमाथि घाइते समेत भएका थिए । यसले गर्दा उनका बुवाले उनलाई बोन विश्वविद्यालयबाट झिकेर अगस्त १८३६मा ट्रियरमा फिर्ता गरे । जव उनी ट्रियरमा थिए, उनी गोप्यरूपमा एउटा विद्धान र प्रुसियन सरकारी कर्मचारी बरोन भोन वोष्टफालेनको छोरी जेनी भोन वोष्टफालेनसँग विवाह गरे । जेनी, उनीभन्दा चार वर्ष जेठी थिइन् र माक्र्स, केटाकेटी प्रेममा जसले माक्र्स अझै स्कुलमा रहदै विवाह गर्ने निर्णय गरे । तिनीहरूले माक्र्सका बुवा आमाको अनुमतिमा तर जेनीका बुवा आमाको अनुमति वेगर विवाह गरे तर त्यसको अनुमति केबल १८३७ मा मात्रै प्राप्त गरेका थिए ।
१८३६ अक्टोवरमा माक्र्स बर्लिन विश्वविद्यालयमा सरे, जुन प्रुसियाको राजधानी थियो । विश्वविद्यालय बोनभन्दा ज्यादा फैलीएको थियो र शिकाइको प्रमुख केन्द्रका रूपमा प्रख्यात थियो । उनको विश्वविद्यालय कोर्षका निम्ति भर्ना भएपछि, माक्र्स तुरून्तै कामको तुफानभित्र पसे । उनी ठेलीका ठेली किताबहरूको अध्ययन गर्दै र नोटबुकहरू भर्दै अनियमित खाना, अति धुम्रपानका साथ रातभरका रातभर जागै वसे । औपचारिक कक्षाहरूको वदला माक्र्सले आफै उनको अध्ययनलाई अगाडि बढाए । आश्चर्यजनक गतिमा काम गरिहदा उनी कानुनबाट दर्शन, कविता, कलामा स्थानान्तरण गरे र अनि नाटक र कथाहरू लेख्ने र अनि पछि फेरी दर्शन र कवितामा फर्के । उनको कामको वोझले उनको स्वास्थ्यमा खराव असर गर्यो, खासगरी उनको फोक्सोमा टिवीले असर गर्यो र कहिले काही उनलाई आरामका लागि दवाव पनि दिइयो । तर उनी उनको ज्यादा काम गर्ने वानीका कारण सधै काममा फर्किन हाल्थे । प्रत्येक चीज –दार्शनिकहरू र वैज्ञानिकहरूका प्राचीन देखि अन्तिम कामहरू पढने गरे । उनको झुकाव दर्शनतीर थियो, सधैभरी सार्वभोम अर्थ पत्ता लगाउन कोशिस गरिरहने: सधैभरी सिद्धान्त, परिभाषाहरू र अवधारणाहरूलाई पूर्णताका लागि खोजीरहने । विश्व विद्यालयको दोस्रो वर्षका दौरान उनी दर्शनका विद्याथीहरू र शिक्षकहरूको समूह जसलाई युवा हेगेलियनस भन्ने गरिन्थ्यो, सम्मिलित भए । तिनीहरू प्रशिद्ध जर्मन दार्शनिक फ्रेडेरिक हेगेल, जसले बर्लिन विश्वविद्यालयमा पढाउने गर्दथे र १८३०मा मरे उनका अनुयायी थिए । तिनीहरूले हेगेलको दर्शनलाई मौलिक व्यख्या दिने कोशिस गरे र यसका लागि कहिले काही वाम हेगेलियन भन्ने गरिन्थ्यो । यो समूहमा माक्र्सका साथीमध्ये एक जना, यो समूहका बुद्धिजीवी नेता, प्रोफेसर थिए, जसलाई ब्रुनो बाउर भनिन्थ्यो । उनी एक जना लडाकु अनिस्वरवादी थिए, जसले लगातार चर्चको पढाइमाथि आक्रमण गर्दथे । यस्ता आक्रमणहरू,साथै युवा हेगेलियनहरूका उग्र राजनीतिक विचारहरूले उनीहरूलाई प्रुशियन अधिकारीहरूका आँखाका कसिंगर बनाएको थियो । यसरी जव माक्र्सले उनको डक्टोरल थेसिज पुरा गरे उनले ब्र्लिन विश्वविद्यालय, जो प्रुशियन सरकारका प्रतिक्रियावादी नियुक्तिमा दवावका कारण त्यसबाट उनले डिग्री प्राप्त गर्न सकेनन्, । बर्लिनमा उनको अध्यन पुरा गरेपछि, उनले आफ्नो थेसिज बुझाए र जेनाको उदारवादी विश्वविद्यालय जो प्रुशियन नियन्त्रणभन्दा बाहिर थियो, त्यसबाट अप्रिल १८४१मा पिएच.डि. प्राप्त गरे । पिएच.डि डिग्री प्राप्त गरेपछि उनको आशा बोन विश्वविद्यालयमा एउटा लेक्चरर बन्ने थियो जहाँ ब्रुनो बाउर १८३९मा स्थान्तरण भएका थिए । तर बाउर आफै समस्यामा थिए किनभने उनको धर्म विरोधी लेकचररका कारण विद्यार्थी डिष्टरवेन्सेज थियो । अन्त्यमा राजा आफैले बाउरलाई बोन विश्वविद्यालयबाट हटाउन आदेश दिए । यसको अर्थ बाउरको शिक्षण पेशाको अन्त्यको साथै माक्र्सका लागि पढाउने नोकरीको आशा पनि अन्त्य थियो । माक्र्सले पत्रकारितामा ध्यान केन्द्रीत गर्न सुरू गरे, जुन उनले विश्वविद्यालय छाडेपछि तुरून्तै सुरू गरेका थिए । यसले पनि उनलाई तीब्र गतिमा बढिरहेको प्रजातान्त्रीक प्रतिपक्ष आन्दोलनमा अति नै गहनरूपले भागलिन अनि उनको राइने भूभाग प्रदेश र वेष्टफालियाको छिमेकी प्रदेशमा विकास गर्दै जानकालागि मद्त गर्यो । यी प्रदेशहरू जोसँग फ्रेन्च सामन्ती सुधार विरूद्ध स्वतन्त्रता अनुभव थियो प्रुशियन राजाका प्रमुख विरोधी केन्द्रहरू थिए । औधोगिकीकरणले पनि पुँजीपतिको खासगरी कोलोग्नेमा, राइने भूभागको सबैभन्दा धनि शहर, विकासका लागि नेतृत्व गरेको थियो । यसको अर्थ उद्योगपतिहरूद्धारा जो सामन्तहरूको अनावश्यक नियन्त्रणसित अघाइसकेका थिए, परिवर्तशील क्रान्तिकारी प्रतिपक्ष आन्दोलनका निम्ति बलियो मद्त हो ।
माक्र्सले प्रथम लेख्न सुरू गरे, र अनि, १९४२ अक्टोबरमा यस्ता उद्योगपतिहरूद्धारा मद्त गरिएको एउटा दैनिक पत्रिका द राइनीस्चे जेइटुङका प्रधान सम्पादक भए । माक्र्सको हातमा भएको पत्रिकाले छिट्टै उग्र प्रजातान्त्रीक अधिकारहरूका निम्ति एउटा लडाकु बन्यो । यसले यद्धपि माक्र्सलाई प्रुशियन सेन्सरहरू, जो अति नै दमनकारी थिए, का विरूद्ध लगातार संघर्ष गर्नु पर्यो । अन्त्यमा, जब पत्रिकाले रसियन जारको निरंकुशता विरूद्ध एउटा आलोचना प्रकाशित गर्यो, जार आफैले प्रुशियन राजामाथि कार्यवाहीका लागि दवाव बढायो । पत्रिकालाई गैरकानुनी घोषणा गरियो र १९४३को मार्चमा वन्द गर्नु परेको थियो । माक्र्सले त्यसपछि आफूलाई एउटा नयाँ पत्रिका द जर्मन–फ्रेन्च एअर बुक्स प्रकाशित गर्न संलग्न गराए ।
१८४१देखि १८४३को यो अवधिभर माक्र्स त्यस समयका तुफानी राजनीतिक जीवनमा गहिरोगरी संलग्न बने । यद्धपि उनी आधारभूत रूपले एउटा उग्र प्रजातन्त्रवादी थिए र त्यो समयमा कम्युनिष्ट दृष्टिकोण अवलम्वन गरेका थिएनन् । दर्शनको स्तरमा उनको महत्वपूर्ण रूपान्तरणको अवधि १८४१मा, जव उनले लुडविक फायरवागद्धारा लिखित किताब द इसेन्स अफ कृष्चीयानीटि पढे, त्यसपछि भयो, जसले धर्मको आलोचना भौतिकवादको दृष्टिकोणबाट प्रस्तुत गरेको थियो । यो किताबले माक्र्सको विचारलाई युवा हेगेलियन समूहको आदर्शवादबाट भौतिकवादमा सिफ्ट हुन महत्वपूर्ण भूमिका खेल्यो । १८४१ ९त्जभ भ्गचयउभबल त्चष्बचअजथ० को अर्को र्दार्शनिक काम जसले माक्र्सलाई प्रभावित पारेको थियो उनका साथी , मोशेस हेस, जसको मद्तले वाम हेगेलियन विचारहरू र फ्रेन्च समाजवादलाई मिलाएर एउटा कम्युनिष्ट दर्शन विकासको प्रयास गरेका थिए ।
यद्धपि त्यो समयमा माक्र्ससँग अझै समाजवादीहरू र कम्युनिष्टहरूका विचारहरूको एउटा सिमित ज्ञान मात्रै थियो । उनको पहिलो सम्पर्क १८४२मा भयो जव उनले लिडिङ फ्रेन्च समाजवादी सिद्धान्तकारहरूका अनगिन्ति कामहरूलाई ज्यादै चाखकासाथ अध्यन गरे । उनी तै पनि ती पढाइद्धारा समाजवादी अथवा साम्यवादी भएनन् । यो जव उनी सर्वहारावर्ग कम्युनिष्ट समूहहरूसित सम्पर्कमा आए र राजनीतिक अर्थतन्त्रको अध्यनमा लागे अनि उनमा त्यसले परिवर्तन ल्यायो । यी दुवै त्यसवेला भयो जव उनी १८४३को अन्त्य तीर पेरिसमा वस्न थाले
उनीहरूको विवाह गर्ने सम्झौताका सातवर्षपछि, माक्र्स र जेनीले १८४३को जुनमा विवाह गरे । उनीहरूको स्विट्जरलैण्डमा छोटो हनीमुन थियो जुन समयमा माक्र्सले एउटा बुकलेट लेखे जसमा उनले हेगेलबारे उनको सुरूवाती आलोचनाहरू प्रस्तुत गरेका थिए । विवाहको केही समयपछि, उनले अध्ययन सुरू गरे र पेरिसका लागि जाने तयारी सुरू गरे जहाँबाट पहिले नै भनिएको जर्मन–फ्रेन्च एअरबुक्स प्रकाशित गर्नु पर्ने थियो । यो पेरिस जाने तयारी प्रुशियन सेन्सरहरूलाई छल्नका लागि थियो । यद्धपि , त्यो जर्नल मासिक रूपले प्रकाशित गर्ने योजना थियो, यो एउटा अंक प्रकाशित पछि कोल्याप्स भयो जो १८४४ फरवरीमा प्रकाशित गरिएको थियो ।
माक्र्सको पेरिसमा रहदाको अवधि धेरै महत्वपूर्ण नयाँ अनुभवहरूद्धारा प्रशिद्धि थियो । सबैभन्दा उच्च महत्व भनेको विभिन्न समाजवादी र कम्युनिष्ट समूहहरूसित प्रत्यक्ष सम्पर्क थियो, जसका लागि पेरिस एउटा महत्वपूर्ण केन्द्र थियो । ठूलो संख्यामा सिद्धान्तकारहरू र क्रान्तिकारीहरूसँगको भेटघाटको अलवा माक्र्सलाई पेरिसमा घेरै मजदुर वर्गीय क्रान्तिकारीहरूसितको नियमित सम्पर्कबाट निकै फाइदा भयो । सोही समयमा माक्र्सले राजनीतिक अर्थतन्त्रको अध्ययन सुरू गरे जसमा उनले प्रसिद्ध अग्रेज अर्थसास्त्रीहरूका कामहरूको बारेमा सबै जसो पढे । क्रान्तिकारीहरूसँगका सम्पर्कहरू र अरू अध्ययनको उनमा प्रभाव पर्यो । यी सबै माक्र्सका लेखाइहरूमा प्रतिविम्वित हुन्थे ।
एअरबुक्स पत्रिकाको एउटा मात्रै अंक पनि निर्णायक महत्वको थियो किनभने यसमा माक्र्सको इतिहासको एउटा माक्र्सवादी भौतिकवादी बुझाईको पहिलो विस्तृत सामान्यीकरण थियो जसलाई हेगेलको दर्शन सम्वन्धी आलोचना गर्दै एउटा लेख छापिएको थियो । यहि लेख थियो जसमा माक्र्सले सर्वहारावर्गको ऐतिहासिक भूमिका सम्वन्धमा उच्च महत्वपूर्ण विधि बनाएका थिए । उनले यहाँ उनको प्रशिद्ध मान्यता पनि बनाए कि धर्म मानिसको अफिम हो । सोही अंकमा ऐगेल्सद्धारा राजनीतिक अर्थतन्त्रमाथि लिखित एउटा लेख पनि थियो, जसले आधुनिक पुँजीवादको विकास सम्वन्धी एउटा भौतिकवादी बुझाई पनि दिएको थियो ।
यहि नै ऐगेल्सका लेखहरूमा माक्र्सको रूची थियो जसले १८४४को अगस्त २८ र सेप्टेम्वर ६बीचका समयमा उनीहरू भेटघाट भए । यो एउटा यस्तो ऐतिहासिक भेटघाटमा वदलियो जसले यी दुई महान् विचारकरूलाई उनीहरूका विचारहरूलाई स्पष्ट पार्न मद्त गर्यो र माक्र्सवादको पहिलो जग बसाल्यो । यद्धपि तिनीहरू दुवै जनाले पहिले नै स्वतन्त्र रूपले उहि निष्कर्षमा आइसकेका थिए , यो भेटघाटले उनीहरूलाई समग्र सैद्धान्तिक सम्झौतामा पुग्न मद्त गर्यो । यहि भेट नै थियो जसले उनीहरू इतिहासको भौतिकवादी अवधारणा सम्वन्धमा स्पष्ट एउटै बुझाईमा आए । यसरी कार्ल माक्र्सको माक्र्सवादी यात्रा उनको अन्तिम दिनसम्म अविचलित रहयो ।
कष्लनजजगपगmटडघ२नmबष्।िअयm





























