
सङ्गीत– काजी गाउँले
इतिहास बोल्छ सँधै लड्यौँ नालापानी,
किन दुख्छ सँधै मलाई मेरै कालापानी ।
नेपालको सत्ता बाँच्छ बेच्दै नदी पानी
आँठो मिच्छ छिमेकीले गर्दै मनोमानी ।
युवाजति विदेशिन खोज्छ राहदानी
उब्जँदैन आफ्नै देशमा हाम्लाई रसदपानी ।।
ब्याज खाँदै बस्यौं भने किल्ला काँगडाका
छिमेकीले पिलर सार्छ हाम्रो सिमानाका ।
तर पनि चुपै बस्छ हाम्रो राजधानी
दिल्ली धाउँदै नेता गर्छन् कुर्सी खिचातानी ।।
बचाउन उठौँ सबै देशको स्वाधीनता
गाउनै पर्छ सँधै हामी गीत बीरताका ।
मेची–काली, हिमाल, तराई जुटौँ एक भई
खबरदारी गरौँ फेरी शत्रु छेव गई ।।
इतिहास बोल्छ सँधै लड्यौँ नालापानी,
किन दुख्छ सँधै मलाई मेरै कालापानी ।
२३, मङ्सिर २०७६, तुलसीपुर, दाङ































