
काठमाडौँ । काेराेना संक्रमणकाे ग्राफ दिनदिनै बढ्दै गएकाे छ । पछिल्लो २४ घण्टामा गरिएकाे परीक्षणमा १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा ११ जनाको मृत्यु भएकाे भएकाे छ ।
८ हजार ५५ जनाको पीसीआर तथा ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः १६६७ र ६९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा २ लाख ८७ हजार ५६७ जनामा संक्रमित पुगेका छन् ।
यही अवधिमा २५१ जना निको भएका छन् । नेपालमा निको हुनेको कूल संख्या २ लाख ७५ हजार ८०६ जना रहेको छ ।
नेपालमा मृत्यु हुनेको कूल संख्या ३१ सय २ जना रहेको छ । स्वास्थ्य मन्त्रालयकाे तथ्यांक अनुसार ५ हजार ६५९ जना आइसोलेसनमा रहेका छन् ।
यसैबीच, धार्मिक आवरणमा भारतकाे राजनीतिक तथा कुटनीतिक भ्रमण सकेर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शाह निकट स्रोतका अनुसार उनीहरुले भारतबाट फर्किएर आउना साथ आफ्नो कोरोना परीक्षण गराएका थिए ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार शाह दम्पतीको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ ।
भारतकाे हरिद्वारमा स्नान गरेका सैयाै भारतीयहरुलाई संक्रमण पुष्टि भएकाे थियाे ।
