बाँकेमा बिहीबारदेखि एक साताका लागि  लकडाउन गर्न सिफारिस

बाँकेमा बिहीबारदेखि एक साताका लागि  लकडाउन गर्न सिफारिस


नेपालगन्ज ।  जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति(डीसीसीएमसी)ले लकडाउनका लागि सिफारिस गरेको छ । बाँकेमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मंगलबार बसेको बैठकले बिहीबारदेखि एक साताका लागि  लकडाउन गर्न सिफारिस गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक हप्ता लकडाउन गर्नका लागि केन्द्रमा सिफारिस गरेको जानकारी दिएका छन् ।
डीसीसीएमसीको बैठकमा बाँके जिल्लाभरी नै लकडाउन गर्ने कि नेपालगन्ज उपमहानगरपालिकाभित्र मात्रै गर्ने भन्ने विषयमा मतभेद देखिएको छ । प्रमुख जिल्ला अधिकारी गेलालले केन्द्रसँगको समन्वयमा एरियाको टुंगो लाग्ने बताए । कुनै पनि ठाउँमा दुई सय बढी भन्दा संक्रमित भएमा स्थानीय प्रशासनले संक्रमणलाई रोक्न लकडाउन गर्न सक्छ ।
बाँकेमा मंगलबारसम्ममा ८ सय ६६ जना संक्रमित छन् । नेपालगन्ज उपमहानगरपालिकामा मात्रै ५ सयभन्दा बढी संक्रमित छन् । संक्रमितको केही दिनदेखि दैनिकजसाे मृत्यु भइरहेको छ ।