काठमाडौं । माधव नेपाल लगायत ३२ जना सांसदहरुलाई स्पष्टीकरण साेधेकै दिन माधव पक्षका कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने एमालेका चार जना संघीय सांसदले माधव नेपालकाे साथ छाडेका छन् । उनीहरुले प्रधानमन्त्री एवं एमाले पार्टी अध्यक्ष केपी ओलीलाई साथ दिने भएका छन् ।

सांसदहरू मुगुका गोपाल बम, दैलेखका राजबहादुर बुढा र पार्वती विशुंखे तथा सुर्खेतका ध्रुवराज शाहीले खनाल–नेपाल समूह छाडेका हुन् । विशुंखेबाहेक तीनै जना प्रत्यक्ष निर्वाचित सांसद हुन् । प्रधानमन्त्री ओलीसँग छलफलपछि नेपाल समूह छाडेकाले उनीहरुलाई भने स्पष्टीकरण मागिएकाे छैन ।
नेपालसँगको भेटमा यो टोलीले आफूहरू फुटको पक्षमा नरहेको बताएका थिए ।  घोषित रुपमा साथ दिन नसक्ने नबताए पनि पार्टी विभाजनको अवस्थामा एमालेमै रहने उनीहरूले नेता नेपालसँग भनेकाे स्राेतकाे दाबी छ ।
यसअघि माधव पक्षकै युवा नेता विष्णु रिजाल लगायतका युवाहरु पनि ओली समुहमै फर्किएका थिए ।
यसैबीच, माधव नेपाल समुहले आकस्मिक बैठक डाकेकाे छ ।
उता प्रचण्ड नेतृत्वकाे माके छाडेर ओली समुहमा लाग्ने पुर्व माओवादी नेताहरुकाे संख्या पनि दिनदिनै बढ्दै गएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर