३२ औं जनआन्दोलन दिवसमा आयोजित जनसभा पोखरामा भव्य रुपमा सम्पन्न

प्रकाशित मिति : २०७७ चैत्र २६

पोखरा । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले ३२ औं जनआन्दोलन दिवसको अवसरमा आयोजित जनसभा पोखरामा भव्य रुपमा सम्पन्न भएको छ । पोखराको अमरसिंह चोकबाट निस्किएको ¥याली पृथ्वीचोकमा पुगेर जनसभामा परिणत भएको थियो । जनसभालाई प्रमुख अतिथि तथा प्रमुख वक्ताको रुपमा मोर्चाका महासचिव परि थापाले सम्बोधन गर्नुभएको थियो ।
मोर्चाका गण्डकी प्रदेश अध्यक्ष नेत्र रानाभाटले अध्यक्षता गरेको जनसभाको सञ्चालन मोर्चाका प्रदेश सचिव बाबुराम सुवेदीले गर्नुभएको थियो ।
जनसभामा अतिथि वक्ताहरुको रुपमा पार्टीका पीवीएम तथा प्रदेश इन्चार्ज चन्द्रहरि सुवेदी अटल, मगर मोर्चाका अध्यक्ष नीलबहादुर पुन, बुद्धिजीवी परशुराम कोइराला, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केस मीना बुढाथोकी, महिला नेतृ खुमती गुरुङ लगायतका नेतृत्वहरुले महत्वपूर्ण मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य शुशिला थापाले राख्नुभएको थियो । कार्यक्रममा कलाकारहरुले क्रान्तिकार गीत संगितको प्रस्तुति दिएका थिए ।