पत्रकार महासंघ ललितपुरको अध्यक्षमा न्यौपानेको प्यानल विजयी

उपाध्यक्षमा क्रान्तिकारी पत्रकार महासंघका रनसुर महतारा निर्वाचित

प्रकाशित मिति : २०७७ चैत्र २६

चैत २६ काठमाडौं ।
नेपाल पत्रकार महासंघ ललितपुरको अध्यक्षमा सागर न्यौपाने नेतृत्व गरेको प्यानल नै विजयी भएको छ । न्यौपाने प्रेस संगठनका नेता हुन् । मत परिणामको औपचारिक घोषणा हुन भने बाँकी छ । मत परिणाम घोषणाको अन्तिम तयारी भइरहेको निर्वाचन समितिले बताएको छ ।
जिल्ला शाखामा रहेका ४५४ सदस्यमध्ये जिल्ला शाखाका लागि ३८३, उपत्यका प्रदेश शाखाका लागि ३७९ र केन्द्रीय समितिका ३८० मत खसेको छ । त्यसमध्ये ७१ मत नखसकेको जनाइएको छ । 
नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि बुधबार केन्द्र, प्रदेश र जिल्ला शाखाहरुको निर्वाचन भएको थियो । अहिले देशभर मतगणना जारी छ ।