देजमो नेपाल सुदुर पश्चिम प्रदेशको आयोजनामा ३२औ जनआन्दोलन दिवस सम्पन्न

प्रकाशित मिति : २०७७ चैत्र २४


चैत्र २४ अत्तरिया कैलाली
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल सुदुर पश्चिम प्रदेशको आयोजनामा कैलालीको अत्तरियामा ३२औ जनआन्दोलन दिवस सम्पन्न गरिएको छ ।


नेकपा (क्रान्तिकारी माओवादी)स्थाई समिति सदस्य रामसिंह श्रीषको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त आम सभाको अध्यक्षता देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल सुदुर पश्चिम प्रदेश अध्यक्ष विष्णुराम दमाईले गरेका थिए भने सञ्चालन काशीराम जैशीले गरेका थिए ।स्वागत मन्तव्य धनबहादुर साउदले राखेका थिए

अन्य अतिथिहरुमा नेकपा (क्रान्तिकारी माओवादी) पिविएम तथा सुदुर पश्चिम प्रदेश इन्चार्ज अनुकुल, केन्द्रिय सदस्य, केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश इन्जार्च देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल सुदुर पश्चिम प्रदेश रामबहादुर पार्टी केन्द्रिय सदस्यहरु विक्रान्त,लाल किरण, पार्टी प्रदेश सचिव चिन्तक थिए ।


सहीदहरु प्रति एक मिनट मौनधारणबाट सुरु गरिएको आम सभालाई प्रमुख अतिथि रामसिंह श्रीषले सम्वोधन गर्दै निरङकुश पञ्चायती व्यवस्थाले जनताको मुखमा ताल्चा मारेको थियो । त्यसका विरुद्ध २०४६ सालको चैत २४ गते नेपालका क्रान्तिकारी कम्युनिस्टहरुको सहभागितामा बनेको संयुक्त राष्ट्रिय जनआन्दोलन समितिको नेतृत्वमा जनता सडकमा आएर निरङकुश पञ्चायती व्यवस्थाको अन्त्य त भयो तर अहिले संसदीय व्यवस्थामा दलालहरुले चुनावमा जनतालाई भ्रम पार्दै आएका छन् । यो भ्रष्ट व्यवस्थामा जुन सुकैलाई जीताएपनि जनताको पक्षमा कामगर्न सक्दैन । त्यसैले यो व्यवस्थाको अन्त्य गरी संघीय जनगणतन्त्रको स्थापना आवश्यक छ भन्नेमा जोड दिएका थिए ।
आम सभालाई सम्वोधन गर्ने क्रममा सवै वक्ताहरुको जोड विद्यमान जनविरोधी सत्ता र व्यवस्थाको विकल्प खोज्दै संघीय जनगणतन्त्रको स्थापनाका लागि संघर्षमा थियो ।