कोहलपुरमा देजमो नेपालको विशाल जनसभा सम्पन्न (फाेटाे फिचर)

प्रकाशित मिति : २०७७ चैत्र २४

बाँके । कोहलपुरमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल लुम्बिनी प्रदेश समितिले राष्ट्रिय  जनआन्दोलन दिवसको अवसरमा चैत्र चौबीस गते आयोजना गरेको  विशाल  जनसभा  कार्यक्रम  सम्पन्न भएको छ।

विद्दमान जनविरोधी सत्ता र व्यवस्थाको विकल्प खोजौँ,संघीय जनगणतन्त्रको स्थापनाका लागि संघर्ष गरौँ भन्ने मुल नाराका साथ संघर्ष स्वरुप सो कार्यक्रम भएको हो ।

उक्त कार्यक्रमको अध्यक्षता देजमाे लुम्बिनी प्रदेश सहसचिव विक्रम भण्डारीले गर्नु भएको थियो भने पार्टीका केन्द्रीय सदस्य तथा बाँके – बर्दिया इन्चार्ज अर्जुनले कार्यक्रम संचालन गर्नु भएको थियो ।

सो कार्यक्रमलाई पार्टीका पिविएम तथा लुम्बिनी प्रदेश इन्चार्ज प्रेम सुवेदी,देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय उपाध्यक्ष केबि गुरुङ र पार्टीका पिविएम तथा लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपाने लगायतका नेताहरुले  सम्बोधन गर्नु भएको थियो 
कोहलपुरमा भएको कार्यक्रममा दाङ, बाँके र बर्दियाको जनमास परिचालन भएको थियो । कार्यक्रम स्थलभन्दा टाढाका जिल्लाहरुको जिल्लाको सापेक्षतामा विकेन्द्रित रुपमा पनि राष्ट्रिय  जनआन्दोलन दिवस भव्य रुपमा मनाइएको छ।