२४ चैत्र सुर्खेत
३२ औं जनआन्दोलन दिवसका अवसरमा कर्णाली प्रदेशको सदरमुकाम विरेन्द्रनगरमा नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश समितिले आमसभा सम्पन्न गर्याे । मंगलगडी चोकबाट सुरु भएको कार्यक्रम नारावाजी गर्दै पिपल चौतारामा गई आम सभामा परिणत भएको हो ।
सभाको अध्यक्षता देजमोका कर्णाली प्रदेश समिति अध्यक्ष दिपक बहादुर शाहीले गरेका थिए । प्रमुख अतिथि पार्टीका पोलिटब्युरो सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज /सेक्रेटेरी चक्रपाणी शर्मा रहे भने विभिन्न जिल्लाका पार्टी सचिव र जवस मोर्चाका प्रमुखहरुको आथित्यता रहेको हो ।


नेता, कार्यकर्ता र जनताहरुको बाक्लो उपस्थिति रहेको उक्त आमसभालाई स्वागत देजमोका सुर्खेत जिल्लाका अध्यक्ष पुर्ण पौडेलले गरेका हुन् ।

आमसभाका वक्ताहरुमा प्रमुख अतिथि पार्टीका पोलिटब्युरो सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज /सेक्रेटेरी चक्रपाणी शर्मा, दैलेख पार्टी सेक्रेटेरी वीरेन्द्रबहादुर सिंह, सुर्खेत पार्टी सेक्रेटेरी श्याम कार्की, जाजरकोट पार्टी सेक्रेटेरी राजन बुढामगर, अखिल क्रान्तिकारीका नेत्रबहादुर शाही, युवा लिगका मदन ब. शाही सहीद तथा वेपत्ता योद्धा परिवारका मदन थिए भने कालीकोट जिल्ला पार्टी सेक्रेटरी कर्णबहादुर विसीले संचालन गरेका थिए ।

आमसभाका वक्ताहरुले देशमा किसान, मजदुर, विद्यार्थी, महिला, जनजाति, दलित आदि सर्वहारा वर्गका मुद्दा ज्युकातिउ रहेका कुरा उल्लेख गर्दै यो व्यवस्था असफल भइसकेको कुरा वताए । देशीविदेशी प्रतिक्रियावादीहरुले राष्ट्रघात, जनघात, भ्रष्टाचार, वलात्कार, हत्या गरिरहेका वेला नेकपा ( क्रान्तिकारी माओवादी)ले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको रक्षा गर्न वर्गसंघर्ष, जनसंघर्ष र प्रतिरोधसंघर्ष गर्दै जनताको संघीय जनगणतन्त्रको विकल्प अगाडि सारेको कुरा सार्वजनिक गरे । वक्तव्यमा वहुदलीय व्यवस्था अल्पसंख्यकहरुले वहुसंख्यक जनतामाथि शासन गर्ने व्यवस्था भएको हुनाले प्रतिक्रियावादीहरु हार्दै गएका छन् भन्ने कुरा पुष्ट्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार