चैत्र २४ गते जनसभा तथा विराेध प्रदर्शन किन ?

प्रकाशित मिति : २०७७ चैत्र २३

काठमाडौं । प्रतिक्रियावादी संसदीय व्यवस्था खारेज गराैं, संघीय जनगणतन्त्र स्थापनाका लागि संघर्ष गराैं भन्ने मुल नाराका साथ चैत्र २४ गते जनसभा तथा विराेध प्रदर्शनकाे तयारीमा रहेकाे देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपालले चैत्र २४ गते जनसभा तथा विराेध प्रदर्शन किन ? भन्ने बिषयमा पर्चा निकालेकाे छ ।  राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका विषयहरुलाई समेटेर तयार पारिएकाे पर्चामा २९ वटा नाराहरु समेत समेटिएकाे छ ।
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले सम्बद्ध देशभक्त जनगणतान्त्रिक माेर्चाकाे ब्यानरमा ३ नं.प्रदेशकाे काठमाडौं, १ नं. प्रदेशकाे विराटनगर, गण्डकी प्रदेशकाे पाेखरा, लुम्बिनी प्रदेशकाे काेहलपुर, सुदुरपश्चिम प्रदेशकाे धनगढी, २ नं प्रदेशकाे जनकपुर र कर्णाली प्रदेशकाे सुर्खेतमा जनसभा तथा विराेध प्रदर्शन गर्ने तयारी गरेकाे छ ।

यसैबीच, नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम तथा ३ नं प्रदेश इन्चार्ज दिनेश शर्मा सागरले क्रान्तिकारीहरु वर्गवैरीहरुकाे भ्रम चिरेर अगाडि बढ्न निकै चनाखाे र चातुर्य हुनुपर्ने भन्दै अहिले वाम तथा दक्षिणपन्थी अवसरवादी तथा संशाेधनवादीहरुले अनेक खालका भ्रम दिने गरेकाे बताउनु भयाे । चैत्र २४ काे जनसभाकाे अन्तिम तयारीका लागि आयाेजित बैठकमा जनमत संग्रहबाट वैज्ञानिक समाजवाद ल्याउँछाै भन्नेहरु र अब माओवादी आन्दाेलन पुनर्गठन गर्नुपर्छ भन्नेहरु दुवै अवसरवादी नारा भएकाे र त्यसभित्र यही प्रतिक्रियावादी सत्ता स्वार्थकाे अभिष्ट रहेकाे भन्दै त्यस्ता भ्रमबाट क्रान्तिकारीहरु सतर्क, सजग र सचेत रहनुपर्नेमा पनि नेता शर्माले जाेड दिनु भयाे । बैठकमा काठमाडौंकाे केन्द्रीय जनसभालाई प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा मसिनो गरि छलफल भएकाे थियाे । छलफलमा पार्टी पीवीएम, सीसीएम, जबस माेर्चाका नेताहरु लगायत उपत्यकाका जिल्लाहरुमा कार्यरत पार्टी नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।