अखिल(क्रान्तिकारी) भक्तपुर जिल्ला सामिति गठन

प्रकाशित मिति : २०७७ चैत्र २३


भक्तपुर । विद्यार्थी हरुको एक भेला र वैठकले नेकपा (क्रान्तिकारी माओवादी) समर्थित अखिल (क्रान्तिकारी) भक्तपुर जिल्ला संगठन समिति गठन गरेको छ । विद्यार्थीहरुको एक भेलाले सुनिल श्रेष्ठको संयोजकत्वमा सुमन अस्थानी सहसंयोजक, प्रतिभा मोक्तान,अनमोल तामाङ, सुमन आलेमगर, दिनेश तामाङ, निर्जला राई, जेनिसा तामाङ, जगदिस मोक्तान सदस्य रहेको जिल्ला समिति गठन गरेको थियो। भेलामा क्रान्तिकारी माओवादीका जिल्ला इन्चार्ज विकासले क्रान्तिकारी संगठन र आन्दोलन वारे प्रकाश पार्नु भएको थियो। अखिल क्रान्तिकारी का ३ न प्रदेश अध्यक्ष सिलुले विद्यार्थी आन्दोलनबारे बोल्नु भयो। वैठकमा क्रान्तिकारी माओवादी भक्तपुर जिल्ला सेक्रेटरी विवेकले संगठनको महत्व र विद्यार्थी हकहित तथा कम्युनिष्ट विश्वदृष्टिकोण वारे स्पष्ट पार्नु भएको थियो।