क्रान्तिकारी युवा लीग, सुर्यविनायक नगर समिति गठन

क्रान्तिकारी युवा लीग, सुर्यविनायक नगर समिति गठन

भक्तपुर ।
सुर्यविनायक नगरका युवाहरुको भेला र वैठकले सागर श्रेष्ठको अध्यक्षतामा क्रान्तिकारी युवा लीग, सुर्यविनायक नगर समिति गठन गरेको छ।
भेलामा नेकपा( क्रान्तिकारी माओवादी)का जिल्ला इन्चार्ज विकासले क्रान्तिमा युवा हरुको भूमिका अहम हुने वताउनु भयो। सेक्रेटरी विवेकले युवा हरु अनुशासित र राजनीतिक चेतनाले लैश हुनु पर्ने मा जोड दिंदै विश्वमा पूँजीवादीहरुले ३०० वर्षमा गर्न नसकेको विकास कम्युनिष्टहरुले ३० वर्षमा गरेर देखाएको दृष्टान्त प्रस्तुत गर्नु भयो।, क्रान्तिकारी युवा लीग, भक्तपुरका अध्यक्ष राजु लोहलाले क्रान्तिकारी संगठन र परिवर्तनमा युवाहरूको आवश्यकताबारे वोल्नु भएको थियो। भेलाको सह संयोजकमा दया प्रसाद किलम्बु, सदस्यमा राज थापा, रमेश खत्री, रोशन खड्का, दिनेश तामाङ, दिपेश भट्टराई, दिन श्रेष्ठ, काजी लगायतका रहेका छन् ।