२१ चैत्र अमरसिंह चोक, पोखरा ।
नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, कास्कीको तेस्रो जिल्ला भेला चन्द्र बहादुर लामा अध्यक्ष रहेको १३ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्दै सम्पन्न भएको छ ।

भेलालाई प्रमुख अतिथि एवं नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटव्युरो सदस्य क. अटल, मजदुर महासंघका महासचिव वसन्त बोगटी, देजमो ४ नं प्रदेश अध्यक्ष नेत्र रानाभाट सहितका नेताहरूले सम्बोधन गर्नु भएको थियो ।

सम्वोधनका क्रममा कार्यक्रमका प्रमुख अतिथि एवं वक्ता क. अटलले भन्नु भयो “नेपाल एवं विश्वभर क्रान्ति अनिवार्य भएको बताउनु भयो । विश्व तेस्रो ठुलो संकटको निकट छ, यसले नेपाल एवं विश्वभर क्रान्तिलाई अनिवार्य बनाएको छ । पहिलो र दोस्रो विश्वयुद्धले संसारका दुई ठुला राष्ट्र क्रमश: सोभियत रुस र चिनमा महान क्रान्ति सम्पन्न भए । आजको संकट विश्व क्रान्तिको सम्भावना सहित आएको छ । अबको क्रान्तिको नेतृत्व मजदुर वर्गले गर्नुपर्छ ।“
मइ अभियान अन्तरगत महासंघले देशभर संगठन निर्माण, विस्तार एवं सुदृढीकरणलाई अगाडि बढाएको छ । अहिले अभियान दोस्रो चरणमा छ । महासंघले १३२ औं अन्तर्राष्ट्रिय मजदुर दिवस अभियानको उत्कर्ष हुने बताएको छ । जस अनुसार महासंघले यस वर्षको अन्तर्राष्ट्रिय मइ दिवस ६ प्रदेशमा केन्द्रित र काठमाडौमा केन्द्रीय कार्यक्रम गरि उत्सवपूर्ण रुपमा मनाउने घोषणा गरेको छ ।































