
चैत्र २१, २०७७, जाजरकोट
जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं. २ अन्तर्गत लिम्साको देवल बजारमा चैत्र १९ गते विहिवार राति करिव ९ बजे भेरी नगरपालिका वडा नं. ४ अन्तरगत खलंगा बस्ने सुजन कार्की, नलगाड नगरपालिकाका अन्तर्गत कालीमाटी बजार बस्ने विशाल रावल र नलगाड नगरपालिका अन्तर्गत लहँको पिपलचौर बस्ने नरेश रावल लगाएतको समुह गइ स्थानीयहरु माथि कुटपिट गरेका हुन । उक्त घटनाको प्रतिकारमा उत्रेका स्थानीय र तिनीहरुका विच झडप हुँदा दुवै पक्षका घाइते भई भागाभागको स्थिति सृजना भएको हो । भाग्ने क्रममा घटनास्थल देखि करिव १ किलोमीटरको दुरीमा पर्ने कालीमाटी लिम्सा सडक खण्डको दोविल्ना मोडको भिरबाट लडि १ जना नरेश रावलको मृत्यु भएको छ भने स्थानीयको प्रहारबाट सुजन कार्की र विशाल रावल घाईते अवस्थामा रहेका छन् । घाईतेको टाउँको तथा ढाडमा गम्भीर चोट लागेको छ । घाइतेहरुलाई उपचारका लागि नेपालगन्ज पुर्याईएको छ । मृतकको सव परिक्षण जिल्ला अस्पताल जाजरकोटमा भएको छ । सव परिक्षण गर्दा शरिमा कुनै पनि हातहतियारको चोट नदेखिएको कुरा जिल्ला अस्पतालको स्रोतबाट थाहा लागेको छ ।
२० गते दिउसो भेरी नगरपालिका तथा नलगाड नगरपालिकाबाट ठुलो संख्यामा युवाहरु घटना स्थलमा पुगि त्यहाँको बस व्यवसायी समितिको काउण्डर जलाएका छन् भने त्यहाँ आईमाई केटाकेटीलाई समेत कुटपिट गरि आतंक मच्चाइरहेका छन् । कुटपिटका क्रममा लिम्सा निवासी राजेन्द्र रोकायको आँखामा चोट लागेको, प्रेम बहादुर घर्तीको खुट्टामा चोट लागि औला भाचिएको, निर्मला रोकायको देव्रेहातमा चोट लागेको छ भने शान्ती रोकाय र टिका बुढालाई चोट पटक लागेको छ ।
प्रहरीले सुरक्षाका लागि पहल गरिरहेको छ हाल सम्म धु्रव रोकाय, पदम नेपाली, चक्रबहादुर बुढा, नम्रत रोकाय, रामचन्द्र सुनारलाई चैत्र २० गते र विजय पुन, रुपेन्द्र सिंह, भुपेश पुन, गोरख नेपाली, देशान्तर रोकाय ,प्रकाश पुनलाई २१ गते गरि संकास्पद १२ जनालाई प्रहरिले नियन्त्रणमा लिएको छ ।
यसैलाई लिएर नेकपा(क्रान्तिकारी माओवादी) जिल्ला समिति जाजरकोटले एक प्रेश वक्तव्यमार्फत आफ्नो भनाई सार्वजिक गरेको छ जसको पूर्ण पाठ तल दिइएको छ :
प्रेस वक्तब्य
देशमा चलिरहेको दलाल पुँजीवादी संसदीय व्यवस्थाका कारण विभिन्न क्षेत्रमा सृजना भईरहेको गुण्डाराज, धुम्रपान, मध्यपान, व्यभिचार, बलात्कार, हत्या, आत्महत्या आदि जस्ता विकृति विसंगति चलिरहेको सन्दर्भ संगै जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका अन्तर्गत लिम्साको देवल बजारमा गत राती करिव ९ बजे भएको दुई समुह विचको झडपमा दुवै तर्फका व्यक्तिहरु घाईते भएको र एक जना नरेश रावलको भाग्ने क्रममा कालीमाटी बारेकोट सडक खण्ड अन्तर्गत घटना स्थल देखि करिव १ किलोमिटरको दुरिमा रहेको दोविल्ना मोडको भिरबाट लडि मृत्यु भएको खवरले हाम्रो पार्टी पंतिको गम्भिर ध्यानाकर्षण गराएको छ । मृतक रावलप्रति भावपुर्ण श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवार र आफन्तजनप्रति समवेदना साथै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
गत राती भेरी नगरपालिका र नलगाड नगरपालिकाका केहि जना युवाको समुह देवल बजारमा गइ मदिरा सेवन गरि त्यहाँका स्थानीयलाई कुटपिट तथा गालीवेईज्जती गरिरहेको अवस्थामा स्थानीयले प्रतिकार गर्ने क्रममा दुवै तर्फको झडप भएको उक्त झडपमा दुवै पक्षका घाइते भई भागाभागको स्थिति सृजना भएको र भाग्ने क्रममा मृतकको भिरबाट लडेर मृत्यु भएको खवर छ । आज विहान केहि युवाहरुको टोली गएर देवल बजारमा रहेको वस व्यवसायि समितिको काउण्टर जलाएका, केहि घुम्तीहरु भत्काएका र घटनामा संलग्न नरहेका निर्दोष स्थानीय आईमाइ तथा केटाकेटीमाथि अन्धाधुन्दा कुटपिट गरेका कारण त्यहाँका प्राय सवै जनताहरुको भागाभागको स्थिति सृजना भएको खवर छ । के कति कारणले तथा कस्तो उद्देश्यका साथ ति व्यक्तिहरु समुहमा त्यहाँ गएका हुन ? कसरी घाइते तथा मृतकको मृत्यु भएको हो ? भन्ने कुरा पत्ता लगाउन दुवैपक्षलाई नियन्त्रणमा लिई सम्बन्धीत निकायले निश्पक्ष छानविन गरि दोषी माथि कारवाही गर्न र यथासिघ्र शान्तिसुरक्षा कायम गरि सर्वसाधारण निर्दोष जनताको धनजनको सुरक्षा गर्न सम्बन्धीत निकायको ध्यानाकर्षण गराउँन चहान्छौं । गुण्डाराजहरुलाई सर्वसाधारण माथि दुरव्यवहार गरे राम्रो नहुने चेतावनी दिदै आईन्दा यस्तो धृष्टता नदोहर्याउन खवरदारी गर्दछौं ।
मिति : २१ चैत्र २०७७ ……………………
सचिव
रामबहादुर बुढा‘राजन’































