२१ चैत्र बनेपा काभ्रे ।
क्रान्तिकारी युवा लिग काभ्रेको प्रथम जिल्ला सम्मेलन चैत्र २१ गते शनिबार बनेपामा सम्पन्न भएको छ । क्रान्तिकारी माओवादी पार्टीका स्थाई समिति सदस्य तथा देजमो नेपालका अध्यक्ष सिपी गजुरेलको प्रमुख आतिथ्यतामा सयौको संंख्यामा काभ्रेका युवाहरुको भव्य जुलुसमा सहभागिता सहीत सम्मेलन सम्पन्न भएको हो ।


सम्मेलनलाई सम्वोधन गर्दै क्रान्तिकारी माओवादी पार्टीका स्थाई समिति सदस्य सिपी गजुरेलले यो दलाल संसदीय ब्यबस्थाको बिकल्प संघिय जनगणतन्त्रको आवश्यकता रहेको बताएका छन । बैकल्पिक शक्ति आफुहरु रहेको दाबी गर्दै नेता गजुरेलले प्रचण्डहरुले बाटो बिराएर गएका कारण अहिले देशमा यस्तो स्थिती आएको आरोप लगाएका छन ।


जिल्ला सम्मेलन कार्यक्रमलाई सम्वोधन गर्नेहरुमा क्रान्तिकारी युवा लिग नेपालका केन्द्रिय अध्यक्ष अमिर महर्जन, पार्टीका केन्द्रिय सदस्य र जिल्ला इन्चार्ज कान्छाराम तमाङ , केन्द्रिय सदस्य सोमानसिङ तामाङ, र पार्टी जिल्ला सेक्रेटरी टंकराम अधिकारी थिए । सम्मेलमा क्रान्तिकारी युवा लिग नेपालका केन्द्रिय उपाध्यक्ष तथा ३ नं. प्रदेश अध्यक्ष केशब ढलकोटी, अनेमा संघ क्रान्तिकारी जिल्ला अध्यक्ष तेलिमाया थिङ,अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष शोभा बिश्वकर्मा,सास्कृतिक संघ जिल्ला सम्योजक प्रतीक तामाङ,ट्रेड युनियनको जिल्ला अध्यक्ष प्रदीप अस्तानी, तामाङ मुक्ति मोर्चाका जिल्ला अध्यक्ष ज्ञानबहादुर तामाङ , देजमो जिल्ला अध्यक्ष जितबहादुर लामा,लगायतले आ–आफ्नो धारणा राखेका थिए ।


सम्मेलनले रेशम माझीको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति गठन गरेको छ । जसको उपाध्यक्ष बसन्त बिक, सचीवमा प्रबिन तामाङ ,सहसचिव मुकेश चौलागाईं सदस्यहरुमा क्रमश:नवराज मैनाली, तुल ब मगर,देब लामा, रमेश बिक,दल ब तमाङ,राम ब रखाल, बिल ब पुलामी,बेनि राना,मीन ब माझी,प्रेम माझी,बिनोद माझी,विशाल स्याङ्तान,राजु तामाङ ,देब प्रधान,सुर्य प्रधान,रबिन स्याङ्तान,शिशिर घिसिङ र नवीन प्रधान लगायतका रहेका छन ।
इन्द्र चिमोरियाको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनको संचालन नवीन वाइवाले गरेका थिए भने स्वागत मन्तव्य बसन्त विकले रोखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर