साहित्य–कलामा भाव र विचारको सम्बन्ध

सांस्कृतिक प्रतिरोध दिवस’मा व्यक्त विचारको सम्पादित आलेख

प्रकाशित मिति : २०७७ चैत्र ९

- माेहन वैद्य किरण

कमरेडहरू,
यो कार्यक्रममा पूर्ववक्ता साथीहरूले यो सन्दर्भलाई कविता, गीत र प्रवचनका माध्यमबाट राम्रो ढङ्गले प्रस्तुत गर्नुभयो । आजको यो कार्यक्रम वास्तवमा नयाँजनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवाद र साम्यवादको लक्ष्य हासिल गर्नका लागि आफ्नो जीवन अर्पण गर्ने अनेकोटसहितका सांस्कृतिक योद्धाहरूको स्मरण, सम्मान र सांस्कृतिक प्रतिरोधको प्रकृयालाई निरन्तर अगाडि बढाउने उद्देश्यले अगाडि बढ्नको निम्ति एउटा प्रेरणा लिने कार्यक्रम हो । यो कार्यक्रममा सांस्कृतिक योद्धाहरूको सम्मान पनि भएकोले म सबै सांस्कृतिक योद्धाहरू च्याङ्गवा लामा सहितका अनेकोटका योद्धाहरू, भावाङ, हार्जङ, माझपाल सहित देशैभरी सहादत प्राप्त गर्ने सबैसबैलाई म पार्टीको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । आज यो कार्यक्रममा सबै साथीहरूको विचार सुन्दा वर्तमान अवस्थाको एउटा भावबोध भनौं, अहिलेको अवस्थाको हाम्रो मानसिकतालाई अभिव्यक्त गर्ने र फेरी हामी सबै क्रान्तिको प्रक्रियामा अगाडि बढ्नु पर्छ भन्ने भावहरू प्रस्तुत भएको मैले महसुस गरेँ ।

भावबारे ः
मैले यहाँ अलिकता भावको बारेमा केही कुरा राखौँ जस्तो लाग्यो । किनभने हामी यहाँ साहित्यकार, कवि र गीत–सङ्गीतकारहरू पनि छौँ । त्यसकारण यो भावबारे थोरै चर्चा गर्नु सान्दर्भिक लागेको छ । यसबारे व्याख्या गर्न थाले त धेरै लामो हुन्छ । यहाँ त्यो सम्भव नहोला ।
मान्छेका भावहरूमा एउटा वीरत्वमा आधारित वीरताको भाव हुन्छ । अर्को, करुणाको भाव हुन्छ । अनि अर्को हास्यव्यङ्ग्य प्रहसनमा आधारित भाव हुन्छन् । अरूथरी भावहरूमा निरासावाद, वैराग्यवाद, संज्ञानवाद जस्तो हुन्छ । पूर्वीय साहित्य र पाश्चात्य साहित्यमा भावको बारेमा धेरैले व्याख्या गरेका छन् । आज यो कार्यक्रममा सबैखालका भावहरू अभिव्यक्त भएका छन् । किनभने हामी मान्छे हौँ । सबैखालका भावहरू गीत–सङ्गीत, कविता र हाम्रा प्रवचनहरूमा अभिव्यक्त भएका छन् ।
पहिलो, वर्गीय भाव भनेको मुलतः वीरत्वको भाव हो । मैले वीरत्वको कुरा गरेँ, बीरको कुरा गरेँ । र, साहित्य कलामा के हुन्छ भने वियोगान्त भन्ने हुन्छ । अङ्ग्रेजी साहित्यमा त्यसलाई ट्रेजडी भनिन्छ । दुःखान्तका रूपमा त्यो वीरत्वसँग जोडिएको छ । त्यो त्याग, वीरता र वलिदानमा आधारित भाव हो । त्यसमा प्रयुक्त भाव उत्कर्षमा पुगेको हुन्छ । त्यही वीरता र वलिदानी भाव प्रस्तुत गरेर मान्छेहरू सारा रुन्छन् । सहिदका भावहरू, क्रान्तिका भावहरू, त्याग र वलिदानका भावहरू वीरत्वसँग सम्बन्धित हुन्छन् । हामीले यहाँ वियोगान्त पनि भन्ने गर्छौं । ट्रेजडी पनि भन्ने गरिएको छ र यो भाव सम्मानित छ साहित्यमा । त्यसको व्यख्या गर्दा धेरै होला । कसैले कुन ढङ्गले व्याख्या गर्लान्, कसैले कुन ढङ्गले व्याख्या गर्लान् । समाजवादी यथार्थवाद अथवा माक्र्सवादले वीरत्वको भावलाई र वियोगान्तको भावलाई एकदम सम्मान गर्छ । सहिदहरूको सम्मान वीरत्वसँग सम्बन्धित छ । क्रान्ति पनि त्यही वीरत्वको भावसँग जोडिएको छ ।
दोस्रो, करुणाभाव हो । करुणा भनेको आँशुको कुरा हो । क्रान्तिमा दुःख पर्छ, अब आँशु पनि आइहाल्छ, नआउने कुरा पनि भएन । अलि बढि विलौना गर्न थालियो । अलि बढि रुन थालियो भने त्यो बरूणा भयो । त्यही करुणालाई बदलेर सार निकालियो भनेदेखि त्यही वीरत्वमा बदलिन्छ । त्यसकारणले करुणा भनेपछि रोएर मात्रै पनि काम छैन ।
तेस्रो, भनेको प्रहसन हो । अथवा यसलाई हास्यव्यङ्ग्य पनि भन्न सकिन्छ । वर्गदुश्मनहरूलाई पूरा व्यङ्ग्यबाण हान्ने, ठोक्ने, भण्डाफोर गर्ने खालको काम बढि हास्यव्यङ्ग्यले गर्छ । व्यङग्य, कटाक्ष गर्ने गर्छ । त्यो ब्यङ्ग्यबाणको कविता यहाँ बलराम तिमिल्सेनाले प्रस्तुत गर्नुभयो । त्यो बडो मिठो लाग्यो । रोचक लाग्यो । यो बेला त्यस्ता कविताहरूको आवश्यकता छ । त्यो हास्यव्यङ्ग्य हो ।
अब अर्को केहो भने अलि निरासाका भावहरू आयो भने त्यो बैराग्यवाद, सन्यासवाद हुन्छ । त्यसले अब केही हुनेवाला छैन, ज्या.. अब कहाँ कहाँ लाने हो भन्ने आयो भने त्यसले निरासातिर लैजान्छ ।
यसरी भाव धेरै हुन्छन्, मैले दुईचारवटाको मात्रै यहाँ चर्चा गरेँ । भावको व्याख्या गरिसाध्य छैन । तैपनि अहिले यी चारवटा भावहरूको कुरा छ । यी चारवटा भावहरू मध्य पनि कुन ठिक हो भनेर भन्दा वीरत्वभाव ठिक हो । त्याग, वीरता र वलिदान हो । यो कार्यक्रम एकप्रकारले सहिद दिवस पनि हो । सांस्कृतिक प्रतिरोध दिवस, सांस्कृतिक फाँटका कवि कलाकार साथीहरूले एउटा आफ्नो प्रतिरोधको भाव व्यक्त गर्ने दिवस पनि हो । महान् जनयुद्धका योद्धाहरूलाई सम्झिने पनि हो । त्यसकारण यसले वीरत्वभावको सम्मान गर्छ ।
नेपालमा धेरै क्रान्तिका प्रक्रियाहरू भए । यी आन्दोलनहरूमा महान् जनयुद्धको आन्दोलन एउटा उत्कर्षको आन्दोलन थियो । यो उत्कर्षमा पुगेको हो । अनेकौँ सहिद, बेपत्ता योद्धा, घाइते अपाङ्गहरूले ठूलो त्याग र वलिदान गरे । त्यही त्याग र वलिदानको मूल्यमा अवसरवादीहरू, दक्षिणपन्थी अवसरवादी र गद्दारहरू सरकारमा बसेका छन् । अथवा सत्तामा गइराखेका छन् । क्रान्तिलाई तुहाउने र सिध्याउने काममा तिनीहरू लागिराखेका छन् । यसको हामीले जति विरोध र भ्रत्सना गरे पनि पुग्दैन । हामीले यो अवसरमा उनीहरूको विरोध र भ्रत्सना गर्नु पर्ने आवश्यकता हुन्छ । क्रान्ति पूरा भएको छैन । त्यो रगत र सहादतको पूर्ण सम्मान गर्दै त्यसलाई उँचाईमा उठाउँदै हामीले अर्को क्रान्तिको तयारी गर्नु पर्दछ । नयाँ जनवाद हुँदै बैज्ञानिक समाजवाद र साम्यवादको उदात्त आदर्श प्रतिका लागि हामीले यो रगत र सहादतको मूल्यबाट अगाडि बढ्नु पर्छ । त्यसैले आज वीरत्वको आवश्यकता छ । जस्ले त्यो वियोगान्त (ट्रेजडी)लाई सशक्त रूपमा प्रस्तुत गरेको छ त्यसलाई एकदम स्थापित साहित्यकार, कलाकार र नाटककार मानिन्छ । त्यो एकदम राम्रो हुन्छ । किनभने त्यो क्रान्ति, लडाइँ र साहससँग जोडिएको हुन्छ । भावबारेको कुराहरू यही हो ।

राजनीति र विचार बारे ः
अब अलिकती राजनीतिको चर्चा गरौँ । यो संसदीय व्यवस्था कस्तो खतमखालको व्यवस्था छ भने यसले सबैका लागि लोकतन्त्र भन्छ । सबैलाई लोकतन्त्र भने पनि आखिरमा यो हुनेखाने शासकहरूका निम्ति लोकतन्त्र र अरू बाँकी जनताका निम्ति अधिनायकतन्त्र हो । आजभोली त यो नेपाली कम्युनिस्ट आन्दोलन र अन्यत्र पनि सर्वहारवर्गको अधिनायकतन्त्र भन्दाखेरी लाजलाग्ने जस्तो भयो । यिनीहरू पूरै सङ्किर्णवादी, जड्शूत्रवादी, पूरातनपन्थी भनेर भन्लान् जस्तो । अनेकोटको सन्दर्भमा राज्यले जे ग¥यो त्यो अधिनायकतन्त्र हो । लोकतन्त्र भनेको अधिनायकतन्त्र हो । सबैका लागि त्यो लोकतन्त्र हुन सक्तैन । माक्र्सवाद–लेनिनवाद–माओवादले मानेको यही हो । महान् सर्वहारा सांस्कृतिक क्रान्तिको बेलामा पनि स्थापित भएको मान्यता त्यही हो । त्यो अधिनायकत्व कहाँ हो भने, बहुसङ्ख्यक उत्पीडित र सर्वहारा वर्गले मुट्ठीभरका शासक वर्गमाथि शासन गर्ने हो । महान् सर्वहारा सांस्कृतिक क्रान्ति कस्तो अप्ठेरो थियो । क्रान्ति गरेर सत्ता ल्याएको छ, सत्ता पुँजीवादीपन्थीहरूले कब्जा गरेका छन् । एकैचोटी राज्यसत्ताका बिरूद्ध पनि लड्नु परेको छ अथवा पुरानो राज्यसत्ताका विरुद्ध पनि लड्नु परेको छ र क्रान्तिकारी राज्यसत्ताको पनि संरक्षण गर्नु परेको छ । तर, त्यो लडाइँ एकैचोटी पार्टीभित्रै आयो । हो त्यो स्थितिमा सर्वहारा वर्गको अधिनायकत्व फेरि पुनस्र्थापित गरियो । क्रान्तिको निरन्तरताको सिद्धान्त अन्तरगत क्रान्ति निरन्तर जारी रहन्छ, त्यतिवेला अधिनायकत्वले मात्रै पुग्दैन ।
अहिले यो लोकतन्त्रका लागि जुन संविधानसभा इत्यादि गरेर हाम्रा साथीहरू, सहयोद्धाहरू गद्दारी गरेर गए, हाम्रो लडाइँ त्यहीँनेर हो । आखिर यो लोकतन्त्रले मान्छेहरूलाई साराका सार भुलाएको छ । जनतालाई दमन गर्नु प¥यो भने उसले बन्दुक प्रयोग गर्ने, जनताले सत्ताको बन्दुकको विरोध गर्नु प¥यो भने शान्ती चाहियो भन्ने । हो, यो चिजलाई हामीले तोड्नै पर्छ । छलफल बहस हरेक दौरानमा हामीले यो तोड्नु पर्छ । अधिनायकत्व निर्मम हुन्छ । हाम्रो क्रान्ति पनि निर्मम हुन्छ । सबैलाई मीठो हुँदैन यो । जनताका लागि मीठो हुन्छ । वर्गदुश्मनका लागि निर्मम खालको क्रान्ति हुन्छ भन्ने कुरा हामीले बुभ्mनु प¥यो ।
अहिलेको अवस्था भनेको, एउटा ठूलो क्रान्ति जुन दसबर्सको महान् जनयुद्ध र थुप्रै जनआन्दोलनहरू भए, तीनले अघोषित रूपमा हारे । अथवा तिनले गम्भीर रूपमा धक्का खाए । आफ्नै हातबाट प्रतिक्रान्ति भयो । यो स्थितिमा खै के भयो त, दसबर्ससम्म जनयुद्ध लडेर के भयो, हतियार उठाएर के भो भन्ने खालको मानसिकता एकदम व्यापक भएको छ । एमालेका नेताहरूलाई त यो सरकारमा जाने चिट्ठै परेको हो । उनीहरू दस बर्सको जनयुद्धले केही पनि भएन, १९ दिने जनआन्दोलनले गणतन्त्र ल्यायो भन्न लाज मान्दैनन् । अब यो स्थितिमा क्रान्तिकारी स्वतः पछाडि पर्ने कुरा भयो । हारियो कि क्या हो भन्ने आम मानसिकता छ । अहिले माओवादी पार्टी कति चिरा भए ! यो देख्दा दुःख लाग्छ । अहिले प्रचण्डहरूलाई अदालतले पुरानै माओवादी केन्द्रमा फर्काइदियो, त्यो माओवादीकेन्द्र पनि तीनवटा रहेछ, प्रचण्ड, किराँती र सुशीलको । यिनीहरूले अब यी जम्मै माओवादीहरूलाई जोडेर गतिलो चुनावी पार्टी बनाउनु पर्छ भन्ने हल्ला गर्दैछन् । एकातिर प्रचण्ड त्यसरी लागेका छन् भने अर्कातिर ओलीपनि हामी के कम भन्दै जनयुद्धका नेता कार्यकर्ता, घाइते अपाङ्ग, जनमुक्ति सेनाका योद्धाहरूलाई लगेर अब सबै यता आउनु प¥यो भन्दैछन् । बादललगायतको एउटा पङ्क्ति त गैहाल्यो । यसको मतलव ओलीभन्दा प्रचण्ड ठिक वा प्रचण्डभन्दा ओली ठिक हुन् भन्ने मेरो भनाई होइन । यिनीहरू माओवादीलाई तान्न को भन्दा को कम भनेर प्रतिस्पर्धा गरेका छन् । पुरै कसरत भइरहेको छ । हामीले त्यो त मानेका छैनौँ । क्रान्ति गर्नु पर्छ भनेर हामी अगाडि बढिराखेका छौँ । तर कसरी अगाडि बढ्ने, मानसिकता त्यस्तो छ । हामीले कार्यक्रम राख्छौँ उपस्थिति कम हुन्छ । हाम्रा कार्यकर्ता त आइनै राखेका छन् । अरू आउँदैनन् । किनकि मान्छेको मनोविज्ञान भनेको बलेको आगो ताप्ने हो । यिनीहरू मिल्ने भए, मान्छे धेरै जुट्न थाले भने आउँछन् । हामीले रणनीतिक संयुक्त मोर्चा बनाएपछि मान्छे त ओइरो लागिहाले । जनताले त मान्छे जुट्यो कि जुटेन भनेर हेर्ने हुँदो रहेछ । जनताको यो चेतनालाई आलोचना गर्न पनि हुँदैन । जनतासँग कुरा गर्न गयो उनीहरूले तपाइँहरूका लाइन केके हुन् जे भएपनि क्रान्तिकारीहरू एक हुनु प¥यो भन्छन् । त्यो भावना पनि ठिकै हो । तर कसरी जोड्ने हो ? आपत त यही हो । हामी प्रचण्डबाट अलग भइसकेपछि फुट्ने क्रमपनि भयो । तर हामी लगातार जुटाउने कोसिशमा पनि छौँ । विभिन्न कमरेडहरूसँग हाम्रो एकता पनि भएकै छ । तर यत्तिले नहुने भयो । हामीले एकताको प्रकृयालाई अझ माथी उठाउन जरुरी छ । यही प्रकृयामा हामीले संयुक्त मोर्चा बनाएका छौँ । यद्यपि यो त मोर्चा नै हो, पार्टी एकता नसम्झौँ । तैपनि हामी एकतासम्म लैजानु पर्छ भनेर कोसिस गरिरहेका छौँ । उद्देश्य र लक्ष्य पनि हामीले यो मोर्चामा राखेकै छौँ । तर त्यति सजिलो छैन । केही साथीहरूसित हाम्रो छलफल चलिरहेको छ ।
मैले धेरैठाउँ भन्ने गरेको छु, एकजना अद्वैतवादी ऋषि थिए अष्टावक्र । त्यो अष्टावक्र आठ ठाउँमा भाँचिएको छ । हाम्रा कम्युनिस्ट बामपन्थी भन्ने साथीहरू पनि आठ ठाउँमा भाँचिएका छन् । अलिअलि हामी पनि भाँचिएका हौँला । अष्टावक्र भएर आठ ठाउँमा भाँचिएका कम्युनिस्टहरूलाई के गरेर तह लगाउने ? के गरेर तानेर सोझो बनाउने ? उता ग¥यो उता मिल्दैन, एकातिर ग¥यो अर्कोतिर मिलदैन । कसैले सङ्घीयता भनेको छ, कसैले संसद भन्या छ, चुनाबबाट सबैथोक हुन्छ भनेर लागेको छ । कसैले नयाँजनवाद, कसैले समाजवाद, कसैले एकीकृत जनक्रान्ति भनेको छ । कसैले त पार्टी नै भएको छैन पार्टी बनाउनु पर्छ भनेको छ । यस्तो अवस्थामा के गरेर जुटाउने ? यस्तो हैरानीमा परिएको छ । मिहिनेत असाध्य गरिएको छ तर प्रतिफल आउँदैन । यो परिस्थितिको सामना गर्ने अहिलेको प्रमुख चुनौती हो । हामी यसमा गम्भीर चिन्तन मनन गर्न जरुरी छ । माओले भन्नुभएको हो ‘राजनीतिक र वैचारिक कार्यदिशा सही वा गलत हुनुले सबथोक निर्धारण गर्छ ।’ कुरा यहाँ हो । हामीलाई लाग्छ कार्यदिशा पनि सही छ । हामीले काम पनि गरिरहेका छौँ । तर हामी किन अगाडि बढ्न सकिरहेका छैनौँ ? यी पनि प्रश्नहरू छन् । छलफल र बहसको बिचबाट हामी एउटा निष्कर्ष निकाल्दै निःश्वार्थ ढङ्गबाट काम गर्दै सच्चा क्रान्तिकारी कम्युनिस्टहरूलाई गोलबन्द गरेर जानु पर्दछ । निम्नपुँजीवादी मानसिकता कस्तो हो भने, बलेको आगो ताप्ने निभेको आगो नताप्ने । यो शक्तिपूजावाद हो । जम्मैमा छ, धेरथोर हामीमा पनि छ । यो निम्नपुँजीवादी चिन्तन र प्रवृत्तिका बिरुद्ध लड्न कठिन छ । वर्गसङ्घर्ष गर्न सजिलो हुन्छ तर निम्नपुँजीवादसँग लड्न गाह«ो हुन्छ । जो आफैँभित्र पनि हुन्छ । कसैलाई विश्वास गरौँ, के गरेर विश्वास गर्ने, धोका दिइहाल्छ । बडो जटील छ । जस्तो कि अघि हिरामणि कमरेडले सन् १९०५ को रुसी क्रान्तिको असफलतापछिको अवस्थाको जुन चर्चा गर्नु भयो, वास्तवमा त्यो क्रान्ति असफल भएपछि लेनिनको कम्युनिष्ट पार्टी क्षतविक्षत भएको थियो । सबैले लेनिनलाई गाली गर्थे । निरासा, कुण्ठा, अकर्मण्यता, पलायनता व्यापक भएको थियो । कम्युनिष्टहरू टुक्रा टुक्रा भएका थिए । अहिले हाम्रो अवस्था पनि त्यस्तै त्यस्तै खालको हो ।
हामी मात्रै एकजुट भएनौँ, केही भएन भनेर पनि नभनौँ । सत्ता सम्हाल्न गएका र हामीले दुईतिहाई बहुमत ल्यायौं भनेका, समृद्धि र सुखीको नारा लगाएकाहरूको के हालत भयो अहिले । गाइजात्रा भएको छ । अरूले यी कम्युनिस्टहरू यस्तै हुन् भन्छन् । तर तिनीहरू कम्युनिस्ट त होइनन् नि । आम मान्छेले तिनीहरूलाई कम्युनिस्ट नै भनेर बुभ्mछन् । यस्तो बिडम्बना छ । होइन बाबा तिनीहरू त तिमीहरू जस्तै हुन् भने पनि काङ्ग्रेसले मान्दैनन् । त्यसकारण यसको बारेमा जनतालाई प्रष्ट पार्न आवश्यक छ । त्यसका निम्ति हामी सबैले मिहिनेत गर्न जरुरी छ ।
क्रान्ति गर्नका निम्ति हामी एकतावद्ध हुन जरुरी छ । हामीलाई अझ के लाग्छ भने, हाम्रा बिचमा मिलाउनु पर्ने कयौं विषयहरू छन् । छलफल र बहसको प्रकृया चलाउँ । प्रश्न के छ भने मेरो गोरुको बाह«ै टक्का भन्ने छँदैछ । यो प्रश्नको हल हामीले क्रान्ति, सङ्घर्षकै बिचबाट गर्नुपर्ने हुन्छ । सच्चा क्रान्तिकारी कम्युनिस्टहरूलाई गोलबन्द पनि गर्नु प¥यो, आफ्नो अडान मात्रै लिन पनि भएन र अर्को सबै कुरा छोडेर सारसङ्ग्रहवादी घोल तयार पार्न पनि भएन । सारसङ्ग्रहवादी लाइन भयो भने के क्रान्ति हुन्छ ? त्यसकारण हामीले यो दिशामा बढि मिहिनेत गरौँ । क्रान्ति आवश्यक छ, हामी निश्चित रूपमा सफल हुन्छौँ । क्रान्तिको आवश्यकता भैसक्यो । संसदीय व्यवस्था विश्वभरी असफल भइसकेको छ । संसोधनवाद असफल भएको छ । यहाँ पनि त्यो देखिइसक्यो । बस्तुगत परिस्थिति क्रान्तिका निम्ति राम्रो भइराखेको छ । आत्मगत स्थिति हे¥यौँ भने कमजोर नै छ । यतिबेला त हामी देशभरी ठूला ठूला आमसभाहरू, जुलुसहरू गर्न सक्नु पथ्र्यो । तर आत्मगत अवस्था बलियो नभइकन त हुँदैन । यो विषयलाई हामी सबैले गम्भीरतापूर्वक सोचौँ । त्यसरी विचारधारात्मक, राजनीतिक ढङ्गले क्रान्तिकारी पार्टीलाई एकतावद्ध गरेर अगाडि बढ्न जरुरी छ । यो प्रकृयामा जनता र क्रान्तिकारीहरूमा पनि आशाको संचार त हुनु प¥यो । क्रान्तिकारी आशावादको दियो जगाउन जरुरी छ । यसको निम्ति साहित्यकार कलाकारहरूको असाध्य ठूलो महत्व छ । आज प्रस्तुत भएका कविता, गीत सङ्गीत सुन्दा निकै खुसी लागेको छ । सपना मरेका छैनन् । ती सपना साकार पार्नका निम्ति हामी दृढतापूर्वक अगाडि बढ्नु पर्छ । सहिदको त्याग र बलिदानबाट प्रेरणा लिएर हामी अगाडि बढ्नु पर्छ । आज यहाँ जुन वीरत्वको भावधारा प्रस्तुत भयो यो सकारात्मक छ ।
गीतकार, गायक तथा साहित्यकारहरूले पनि राजनीतिलाई प्रभावित पार्नु प¥यो । राजनीतिले मात्रै साहित्य कलालाई प्रभावित पार्छ भन्ने कुरा होइन । यद्यपि राजनीतिको कमाण्डमा सबै कुरा हुन्छ भन्ने कुरा सैद्धान्तिक रूपले त सही हो तथापि साहित्य कला संस्कृतिले पनि राजनीतिलाई प्रभावित पारिरहेको हुन्छ । तसर्थ साहित्यकार कलाकार साथीहरू पनि जाग्नु प¥यो । जहिले पनि राजनीतिक क्रान्ति हुनेबेला सांस्कृतिक फाँटले अग्रणी भूमिका खेलेको साँचो हो । तर राजनीतिक फाँटमा काम गर्नेहरूले यो कुरा मान्दैनन् । यो गलत बुझाई हो । सांस्कृतिक जागरण नआएको भए २००७ सालको क्रान्ति अगाडि बढ्ने थिएन । त्यस्तै पञ्चायत विरोधी आन्दोलन, झापाली आन्दोलन वा जनयुद्धमा पनि साहित्यकार कलाकारहरूले जनतालाई जागृत गराउने र राजनीतिक जागरण ल्याउनमा महत्वपूर्ण भूमिका खेलेकै हो । आज निकै राम्रा कविता, गीतहरू आएका छन् । यस्तै राम्रा साहित्यको खाँचो छ । आजको हाम्रो समग्र कार्यभार भनेको नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्ने हो । त्यो कार्यभार पूरा गर्नको निम्ति सबै सशक्त रूपमा उठ्न जरुरी छ । हामी सांस्कृतिककर्मीहरू पनि अगाडि बढ्न जरुरी छ । क्रान्तिको तयारी गर्ने काममा हामी सबै लागौँ ।

(चैत ५ गते ‘सांस्कृतिक प्रतिरोध दिवस’मा व्यक्त विचारको सम्पादित आलेख)