काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सल्लाहकार ऋषिराम थारुलाई विनाकारण प्रहरीले गिरफ्तार गरेको छ । फागुन २८ गत्ते गिरफ्तार गरिएका थारुलाई हालसम्म रिहाइ गरिएको छैन । क्रान्तिकारी माओवादीले मंगलबार एक वक्तव्य जारी गरी केन्द्रीय सल्लाहकार थारुलाई षडयन्त्रकारी तथा पूर्वाग्रही ढङ्गले झुट्टा मुद्दामा फसाउन खोजिएकोमा त्यसको कडा विरोध गर्र्दै सल्लाहकार थारुको अविलम्व रिहाइका लागि सरकारसित जोडदार माग गरेको छ ।

पार्टी महासचिव मोहन वैद्य किरणले जारी गरेको वक्तव्यमा भनिएको छ, “यही २०७७ फागुन २८ गते बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका निवासी हाम्रो पार्टीका केन्द्रीय सल्लाहकार सदस्य क. ऋषिराम थारुलाई अचानक गिरफ्तार गरी हिरासतमा राखिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उहाँलाई षडयन्त्रकारी तथा पूर्वाग्रही ढङ्गले झुट्टा मुद्दामा फसाउन खोजिएकोमा हाम्रो पार्टी त्यसको कडा विरोध गर्दछ र उहाँको अविलम्व रिहाइका लागि सरकारसित जोडदार माग गर्दछ ।”

प्रतिक्रिया

सम्बन्धित खवर