अखिल नेपाल जनसाँस्कृतिक महासंघद्वारा समवेदना व्यक्त

अखिल नेपाल जनसाँस्कृतिक महासंघद्वारा समवेदना व्यक्त


काठमाडौं । अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय समिति सदस्य चितवन भरतपुर निवासी कमरेड पूर्णबहादुर अधिकारीको ममतामयी आमा मधुमाया अधिकारी (वि.सं. १९८२) को ९६ वर्षको उमेरमा यही फागुन १६ गते भएको निधनले दुखित तुल्याएको उल्लेख गर्दै महासंघले संगठनका केस पुर्णबहादुर अधिकारीलगायत शाेक सन्तप्त परिवारजनप्रति  हार्दिक समवेदना प्रकट गरेकाे छ । महासंघका उपाध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारी र महासचिव हिरामणि दुःखीले जारी गरेकाे वक्तव्यमा नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा र महान् जनयुद्धदेखि हालसम्म पनि महत्वपूर्ण भूमिका निभएको परिवारका अविभावक गुमाउनु पर्दा स्तब्ध भएकाे उल्लेख गर्दै दुःखको यस घडिमा मृत आमा मधुमायाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएकाे छ ।