२३ फागुन टोखा काठमान्डौ ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल टोखा नपाको आयोजनामा टोखा नगरपालिका वार्ड नं. ५मा वडाभेला सम्पन्न गरिएको छ । वडाभेलाले २ सदस्य पछि थप्नेगरी ७ जनाको वडा समिति गठन गरेको छ । जसमा अध्यक्ष लानम लामा, उपाध्यक्ष गोविन्द विश्वकर्मा, कोषाध्यक्ष दिपा माझी, सचिव रविन्द्र देउजा र सदस्यमा रिता देउजा र बाँकी २ सदस्य पछि थप्ने निर्णय गरिएको छ ।
भेलाको प्रमुख अतिथि देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल काठमान्डौ जिल्ला समिति अध्यक्ष बन्धुदेव पाण्डे थिए भने भेलाको अध्यक्षता काठमान्डौ जिल्ला समिति सदस्य रामशरण गरेका थिए । अन्य अतिथिमा टोखा नपा देजमो अध्यक्ष गोपाल कार्की थिए । नेकपा (क्रान्तिकारी माओवादी) टोखा नपा इन्चार्ज कपिल पुनले शुभकामना मनतव्य दिएका थिए र प्रमुख अतिथि देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल काठमान्डौ जिल्ला समिति अध्यक्ष बन्धुदेव पाण्डेले देजमो नेपालवारे र समसामयिक राजनीतिवारे संक्षिप्त भनाइ राखेका थिए । भेलाको सञ्चालन बद्रिहरी नेपालले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर