नेकपा (क्रान्तिकारी माओवादी)ले सुर्खेतको वीरेन्द्रचोकमा कार्टुन प्रर्दशनसंगै कोण सभा सम्पन्न

प्रकाशित मिति : २०७७ फाल्गुन २२


२० फाल्गुन सुर्खेत ।
नेकपा (क्रान्तिकारी माओवादी)ले सुर्खेतमा कार्टुन प्रर्दशन गरेको छ । बिहिवार सुर्खेतको वीरेन्द्रचोकमा कार्टुन प्रर्दशन संगै कोण सभा सम्पन्न गरेको हो । पछिल्लो राजनैतिक घटनाक्रम तथा सरकारमा रहेका व्यक्तिमाथी खरो प्रहार हुनेगरी कार्टुन प्रर्दशन गरिएको थियो ।
कोण सभामा वोल्दै नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रिय सदस्य तथा देजमो नेपालका कर्णाली प्रदेश अध्यक्ष दिपकबहादुर शाहीले यहि लोकतान्त्रिक व्यवस्थामा विप्लवले पनि सहकायको हात बढाएका छन् । उक्त सहकार्य सरकारमा सहभागितका लागि पनि हो कि देश र जनताको पक्षमा का मगर्नका लागि हो। क्ेही दिनमा स्पष्ट हुने नै छ । नेकपा (क्रान्तिकारी माओवादी)ले संसदिय व्यवस्थाको विकल्पमा संघीय लोकतानित्रक जनगणतन्त्रलाई अगाडि सारेको छ भन्दै संसदिय व्यवस्था स्वीकार्य नहुने वताए । यो लोकतान्त्रिक व्यवस्थाबाट समाजवाद पनि नआउने जिकिर गरे ।


अहिलेका सरकारी नेकपाका नेताहरु लोकतन्त्रबाट समाजवाद आउछ भनेर हिडेको सुन्दा अचम्म लागेको भन्दै, प्रतिक्रियावादीका दिनहरु सकिएको र धेरै कुराहरु कार्टुनले नै स्पस्ट पारेको नेता शाहीले बताए । कोण सभामा नेकपा (क्रन्तिकारी माओवादी) का दिपक शाही,पुर्ण पौडेलले सम्बोधन गरेका थिए भने देजमोका जिल्ला अध्यक्ष श्याम कार्किले कार्यक्रम संचालन गरेका थिए ।
नेकपा (क्रन्तिकारी माओवादी)ले देशभरि कार्टुन प्रदर्शन गरिरहेको र सोही अनुरुप मंङ्गलवार वाङ्गेसिमलमा,बुधवार एरिचोक र २० गते वीरेन्द्रचोकमा कार्टुन प्रदर्श र कोणसभा गरेको नेता शाहीले जानकारी दिए ।