क्रान्तिकारी माओवादी दाङले गर्याे सहिद परिवारलाई सम्मान तथा अभिनन्दन

प्रकाशित मिति : २०७७ फाल्गुन २२

- इश्ववरी प्रसाद गैरे


दाङ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) जिल्ला समितिको आयोजनामा महान जनयुद्धका सहिद परिवारलाई सम्मान तथा अभिनन्दन कार्यक्रम गरिएको छ। पार्टी सचिवालय सदस्य  तिलक बिकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि दाङ देउखुरी जिल्ला ईञ्चार्ज तथा पार्टी केन्द्रीय सलस्य समीर केसीले देशको राजनीतिक परिवर्तनका लागि आन्दोलन जनयुद्ध लगायतका सङ्घर्षका कार्यक्रममा राज्यद्वारा गरिने  दमनकाे प्रतिरोधमा जनयुद्धको विकास भएको र जनयुद्ध अहिले आउदासम्म धनयुद्धमा परिणत भएको भन्दै जनयुद्धका मुख्य नेतृत्वको बिचलनका कारण जनयुद्ध पछाडि परेको, जनता प्रति धोका भएको ,सहिदको सपना अधुरै रहेको अधुरो सपना पूरा गर्न पार्टी निरन्तर सङ्घर्षमा रहेको बताउनु भयो । सहिद  ईन्द्र लाल चौधरीका बुवा सुन्दरलाल चौधरीले जनयुद्धमा हाम्रा सन्तानले दिएको बलिदान अहिले खेर गएको कुरा राख्दै सहिदका सपना पूरा गर्न क्रान्तिकारी माओवादी अगाडि बढनुपर्ने कुरा राख्दै सरकारी माओवादीका भ्रममा नपर्न सबैलाई आग्रह गर्नुभयो । पुर्ब जिल्ला सचिब रामजि थारुले सहिदप्रति उच्च सम्मान गर्दै सम्पुर्ण स्वाभिमानी नेपाली फेरि एकजट भई सहिदका सपना साकार पार्न अगाडि बढनुपर्ने कुरा राख्नुभएको थियोे । कार्यक्रममा सञ्चालन पदम प्रसाद अधिकारीले गर्नु भएको थियोे भने स्वागत शुसिला आचार्यले गर्नु भएको थियो ।
कार्यक्रममा सहिद परिवारहरुलाई सम्मान गरिएकाे थियाे ।