देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको काठमान्डौ जिल्लाको प्रथम जिल्ला भेला सफलतापूर्वक सम्पन्न

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको काठमान्डौ जिल्लाको प्रथम जिल्ला भेला सफलतापूर्वक सम्पन्न


फागुन २१ काठमान्डौ ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको काठमान्डौ जिल्लाको प्रथम जिल्ला भेला सफलतापूर्वक सम्पन्न भएको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय उपाध्यक्ष तथा ३ नं प्रदेशका अध्यक्ष पवनमान श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाको अध्यक्षता बन्धुदेव पाण्डेले गर्नु भएको थियो भने उक्त भेलाको सञ्चालन ढोगप्रसाद अधिकारीले गर्नु भएको थियो ।

 

भेलाको उद्घाटन प्रमुख आतिथि पवनमान श्रेष्ठले गर्नु भएको थियो भने स्वागत मनतव्य इन्दीरा घिमिरेले गर्नु भएको थियो । साथै भेलाका अन्य अतिथिहरुमा नेकपा(क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा काठमान्डौ जिल्ला इन्चार्ज शारदा महत र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल ललितपुर जिल्ला उपाध्यक्ष रोशन विशंखे हुनुहुन्थ्यो । प्रमुख आतिथि पवनमान श्रेष्ठ, अतिथीहरु शारदा महत र रोशन विशंखेले भेलाको सफलताका लागि शुभकामना मनतव्य दिनु भएको थियो ।


भेलाका प्रमुख आतिथी पवनमान श्रेष्ठले भावी नेतृत्वका लागि ३१ सदस्यीय प्यानल प्रस्ताव पेश गर्नु भएको थियो । प्यान प्रस्तावलाई भेलाले एकमतले पारित गरेपछि निम्न कार्यसमिति रहने गरी नेतृत्व चयन गरिएको थियो । जसमा बन्धुदेव पाण्डे अध्यक्ष, इन्दीरा घिमिरे र रविन्द्र मिश्र उपाध्यक्ष, ढोगप्रसाद अधिकारी सचिव, इश्वरदास सायमी र गोपालदास श्रेष्ठ सहसचिव, र कोषाध्यक्षमा बोधराज श्रेष्ठ निर्वाचित गरिनु भएको थियो । भेलाले कार्यसमितिका अन्य सदस्यहरुमा गोपाल कार्की, मोहन सिं राई, प्रेम सिं ऐर, बद्रीहरी नेपाल, मंगल तामांग, शान्ता पण्डित, रेखा रम्तेल, रुद्र राई, रत्न बहादुर महर्जन, रवि तामांग, कुमार घताने, रमेश खनाल, अजय बज्राचार्य, मिनकुमार राना मगर, रामशरण गिरी, सागर श्रेष्ठ, डिएम पाण्डे, प्रेमबहादुर बुढाथोकी, कुलबहादुर वाइवा र वाँकी अन्य पांच जना पछि थप्नेगरी जम्मा ३१ सदस्यीय कार्यसमितिको चयन गरियो ।


भेलामा सहिद परिवार सम्मान कार्यक्रम पनि सम्पन्न गरिएको थियो । जसमा सहिद शुभद्रा ‘आस्था’को आमा सिता खतिवडा र वहिनी ज्ञानु खतिवडा, त्यसैगरी सहिद सरला अधिकारीको दाई ढोगप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो ।
नेकपा(क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा काठमान्डौ जिल्ला इन्चार्ज शारदा महतले नव निर्वाचित नेतृत्वलाई सफल कार्यकालका लागि बधाई तथा शुभकामना दिनु भएको थियो । भेलाको अन्त्यमा नव निर्वाचित नेतृत्वको तर्फबाट मोर्चाका अध्यक्ष बन्धुदेव पाण्डेले प्रतिवद्धता जनाउदै भेलाको समापन भएको घोषणा गर्नु भएको थियो । भेलाको सुरुमा ज्ञातअज्ञात सहिददरु प्रति एक मिनट मौनधारण गरिएको थियो ।