बुटवल । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) रुपन्देही जिल्लाले बुटवल उपमहानगरपालिकालाई ३ बुँदे ज्ञापन पत्र बुझाउँदै निजी स्कुलहरुले बढाएकाे शुल्क तत्काल खारेज गर्न माग गरेकाे छ । संगठनका रुपन्देही जिल्ला संयाेजक संग्राम भ्यु थापाकाे नेतृत्वमा गएकाे टाेलीले उपमहानगरपालिकाका मेयरलाई ज्ञापन पत्र बुझाउँदै ३ बुँदे माग पूरा गर्न दबाब दिएका छन् ।
निजी स्कुलहरुले बढाएकाे शुल्क खारेज गर्नुपर्ने, काेभिडकाे बेला अनलाइन कक्षाकाे नाममा असुल गरिएकाे र जथाभावी असुल गरिएकाे शुल्क फिर्ता गर्नुपर्ने लगायतका माग अगाडि सारिएकाे छ ।
मागहरु पूरा नगरिए संघर्षमा उत्रन बाध्य हुने ज्ञापन पत्रमा चेतावानी दिइएकाे छ ।