रणनीतिक संयुक्त माेर्चाकाे विशाल जनसभा धनगढीमा सम्पन्न (फाेटाेफिचर)

रणनीतिक संयुक्त माेर्चाकाे विशाल जनसभा धनगढीमा सम्पन्न (फाेटाेफिचर)


धनगढी १४, फागुन। चार दलीय रणनैतिक संयुक्त मोर्चाले धनगढीमा विशाल जनसभा सम्पन्न गरेको छ। मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, विश्वभक्त दुलाल आहुतिको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल र ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित संयुक्त रणनीतिक मोर्चाले धनगढीमा  विशाल जनसभा  सम्पन्न गरेकाेे हाेे ।

सभालाई नेकपा (क्राान्तिकारी माओबादी)का स्थायी समिति सदस्य रामसिंह श्रीस, नेपाल कम्युनिष्ट पार्टीका संयोजक ऋषिराम कट्टेल, बैज्ञानकि समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुती, रणनीतिक संयुक्त मोर्चाका पूर्ण सिंह, राष्ट्रिय जागरण मञ्च नेपालका गुणराज लोहनी  लगायतका नेताहरुले सम्बोधन गरेका थिए । अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष प्रा. डा. ओम गुरुङ्ग, पुष्प भण्डारी,  बिन्तिराम चौधरी लगायतका नेताहरुले माेर्चाकाे कार्यक्रमलाई शुभकामना दिएका थिए ।  कृष्णहरि भट्टले उद्घोषण गरेको सभालाई नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम अनुकुलले स्वागत गरेका थिए ।
गएको माघ २९ गते काठमाडौंको प्रज्ञाभवन कमलादीमा बृहत  सभाका बीच चार कम्युनिष्ट पार्टीले रणनैतिक  संयुक्त मोर्चाको घोषणा गरेका थिए । मोर्चाले बर्तमान सामन्ती दलाल पूँजीवादी जन बिरोधी राज्य सत्ताका बिकल्पमा नयाँ जनबादी गणतन्त्र/बैज्ञानिक समाजबाद स्थापना गरेर देशको राष्ट्रियता र जनतन्त्रलाई सुदृढ बनाउने र जन जीबिकाका याबत समस्या हल गर्ने उदेश्य लिएको छ ।

मोर्चाले सबै निष्ठाबान क्रान्तिकारी कम्युनिष्ट शक्ति र ब्यक्तित्व, क्रान्तिकारी लोकतन्त्रबादीहरु,सच्चा देशभक्तहरु र नागरिक समाजका प्रगतिशील अगुवाहरुलाइ समेत सम्मिलित हुन आह्वान गरेकाे छ।

रणनीतिक संयुक्त मोर्चाको शुक्रबारकाे कार्यक्रममा
रणनीतिक संयुक्त मोर्चा – जिन्दावाद, दलाल प्रतिक्रियावादी संसदीय व्यवस्था – मुर्दावाद, जनगणतन्त्र÷वैज्ञानिक समाजवाद – जिन्दावाद, सच्चा कम्युनिष्टहरु – एक जुट होऔं, क्रान्तिकारी तथा देशभक्तहरु – एक जुट होऔं, विदेशी प्रतिक्रियावाद – मुर्दावाद, साम्राज्यवाद विस्तारवाद – मुर्दावाद, वैदेशिक हस्तक्षेप – बन्द गर, सीमा अतिक्रमण – बन्द गर, राष्ट्रिय स्वाधीनताको – रक्षा गरौं जस्ता नारा लगाइएकाे थियाे ।