क्रान्तिकारी माओवादी पार्टीका बर्दिया सेक्रेटरी गिरफ्तार: विनासर्त रिहा गर्न माग

प्रकाशित मिति : २०७७ फाल्गुन १३

- आयुष न्याैपाने

बर्दिया । नेकपा(क्रान्तिकारी माअोवादी) पार्टीले बर्दिया जिल्ला सेक्रेटरी विपिन रोकायलाई तत्काल रिहा गर्न राज्यसंग जाेडदार माग गरेको छ । बुधबार पार्टीको लुम्बिनी प्रदेश समितिको तर्फबाट प्रदेश सेक्रेटरी सङ्कुलद्वारा हस्ताक्षरित एक प्रेस वक्तव्य जारी गरेर रोकायलाई रिहा गर्न माग गरेको हो ।

सो वक्तव्यमा  रहस्यमय ढङ्गले गरेको गिरफ्तारी राज्य आतंकको कुरुप नमुना भएको जनाइएको छ । सो घटना प्रति पार्टी गम्भीर भएको बताइएको छ ।

त्यस वक्तव्यमा भनिएको छ:- “राज्यद्वारा गरिएको बर्बरतापूर्ण एवं रहस्यमय गिरफ्तारीको घोर निन्दा एवं भत्र्सना गर्दछौं ।”

रोकाय पार्टीका लुम्बिनी प्रदेश समितिका सचिवालय सदस्य एवं बर्दिया जिल्ला सचिव हुनु हुन्छ । उहाँलाई रहस्यमय ढङ्गले आज बिहान उहाँकै निवासबाट प्रहरीले गिरफ्तार गरेको हो ।