‘संसदकाे पुनर्स्थापनाले संकटकाे समाधान गर्दैन, संघीय जनगणतन्त्रकाे स्थापना अपरिहार्य’ : क्रान्तिकारी माओवादी

प्रकाशित मिति : २०७७ फाल्गुन १२

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले संसद पुनर्स्थापना हुँदैमा संसदीय व्यवस्थाभित्र देखिएको संकट समाधान नहुने बताउनु भएकाे छ । महासचिव किरणले पार्टीको धारणा सार्वजनिक गर्दै मंगलबारको अदातलको फैसलाले केपी ओलीको निरंशकुश फासीवादी कदमलाई असफल तुल्याइदिए पनि संसदकाे पुनर्स्थापनाले संकट समाधान नहुने दावी गर्नुभएकाे छ ।
बुधबार जारी प्रेस वक्तव्यमा महासचिव किरणले संसदीय व्यवस्थाका करण उत्पन्न राजनीतिक संकट र मुलुकमा विद्यमान राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुकाे समाधानका लागि संघीय जनगणतन्त्रकाे स्थापना अपरिहार्य रहेकाे उल्लेख गरिएकाे छ ।

महासचिव किरणले संसदीय व्यवस्थाले नेपालको राजनीतिक समस्याको हल गर्दैन भन्ने धारणा सार्वजनिक गर्दै देशमा अब संघीय जनगणतनान्त्रिक राजनीतिक व्यवस्थामा जानुको विकल्प नभएकोमा जोड दिनु भएकाे छ ।