पश्चिम रुकुमको विभिन्न गाउँ पालिकाहरुमा विरोध सभा र काटुन प्रदर्शन गर्दै नेकपा ( क्रान्तिकारी माओवादी)

प्रकाशित मिति : २०७७ फाल्गुन १२


फागुन ११ रुकुम ।
फागुन ११ गते पश्चिम रुकुमको त्रिवेणी गाउपालिकाको सिम्रुतु वजारमा नेकपा (क्रान्तिकारी माओवादी)ले सभा र काटुन प्रदर्शन गर्दै विरोध सभा सम्पन्न गरेको छ ।


सभामा वोल्दै प्रमुख वक्ता नेकपा (क्रान्तिकारी माओवादी)का के स तथा देजमो नेपालका कर्णाली प्रदेश अध्यक्ष दिपकबहादुर शाहीले कम्युनिस्ट क्रान्तिकारीहरुको बीचमा रणनीतिक संयुक्त मोर्चा वनेको छ र यसका आफ्ना ठोस उदेश्यहरु छन् र ती प्रप्तिको दिशामा अघि वढने दौरानमा विभिन्न प्रतिक्रियावादी दलाल, विस्तारवादी, संसोधनवादी र साम्राज्यवादी शक्तिहरुले क्रान्तिकारीहरुको एकता र धुर्विकरणलाई भाँड्न विभिन्न खाले जाल झेल र षड्यन्त्रका तानाबाना वुन्दै जानेछन् भन्दै त्यो अवस्थामा, यो रणनीतिक मोर्चाको रक्षा गर्दै, अघि वढ्नु पर्ने र यो दलाल लोकतान्त्रिक संसदीय व्यवस्थाको आयु सकिएको बताए । अवको सही विकल्पमा संघिय जनवादी व्यवस्था मात्र यसको विकल्प हुने जिकिर गर्दै सवै युवा, विद्यार्थी, शिक्षक, वुद्धिजिवी, सर्वहारा किसान मजदुरहरुलाई आन्दोलनमा सहभागि हुन आह्वान गरे । कार्यक्रम विद्यार्थी नेता दिपक खड्काले संचालन गरेका थिए ।