नवलपरासी – नेकपा ( क्रान्तिकारी माओवादी ) को बैद्यानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा पश्चिम नवलपरासीको आइतवार बर्दघाटमा भएको बैठकले सबै पालिकामा संगठन विस्तार गर्ने निर्णय लिएको छ ।

बैठकमा क्रान्तिकारी माओवादीका जिल्ला सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी चोला , प्रदेश सदस्यहरु संकल्प र समरले प्रशिक्षणात्मक भनाई राखेका थिए । बैठकले पालिकास्तरमा संगठन विस्तार गर्ने निर्णय लिएको संयोजक राजु प्रसाद खनालले जानकारी दिए ।
बैठकले क्रान्तिकारी माओवादीको योजनामा माघ १५ गते परासीमा हुने बिरोध सभाका लागि जनपरिचालन गर्ने निर्णय भएको उनले बताए ।
कार्यक्रम अन्तरगत सुनवल र बर्दघाट नगरको बैठक तथा प्रशिक्षण समेत तय गरिएको छ ।































